बेनी नगरपालिकामा अव्यवस्थित तार हटाईँदै

  • Technology Khabar | १० चैत्र २०७९, शुक्रबार
बेनी नगरपालिकामा अव्यवस्थित तार हटाईँदै
सांकेतिक तस्विर

काठमाडौं ।

म्याग्दी जिल्लाको बेनी नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन थालेको छ। बजारलाई सफा, सुन्दर र आकर्षक बनाउन पोलमा झुन्डिएको अस्तव्यस्त तार हटाउन थालेको हो।

बिद्युत्का पोलमा रहेका तारलाई व्यवस्थित गरेर बजारलाई सफा, सुन्दर र आकर्षक बनाउने नगरपालिकाको अभियान नै हो नगर प्रमुख सुरत केसीले बताए। विद्युत्का पोलमा रहेका अनाबश्यक तारले बजारलाई नै कुरूप बनाउनुका साथै यत्रतत्र झुन्डिएकाले दुर्घटनाको जोखिमसमेत बढाएको भनाइ उनको छ। नेपाल बिद्युत् प्राधिकरण र विभिन्न केबल तथा इन्टरनेट प्रदायक संस्थासँग समन्वय गरेर हटाउन थालिएको छ।

उनका अनुसार १५ दिनभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिनेछ। विभिन्न केबल तथा इन्टरनेट सेवा प्रदायकले मापदण्ड विपरीत टाँगिएका तारले बजारको सौन्दर्य कुरूप बनेको छ।

नगर प्रहरीको नेतृत्वमा नगरपालिकाको वडा नम्बर ७ र ८ को बजार क्षेत्रमा रहेका इन्टरनेट तथा केबल प्रदायक संस्थाका तार १५ दिनभित्र हटाइने नगरपालिकाले जनाएको छ।

पोलका अव्यवस्थित तार हटाउन केबल इन्टरनेट प्रदायक संस्थाका प्रतिनिधि, नगर प्रहरी र तार व्यवस्थापन गर्ने तीन जना प्राविधिक टोली बजारमा खटिएको छ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...