
काठमाडौं ।
दक्षिण कोरियाली अटोमेकरले एक लन्च कार्यक्रममार्फत चीनको इभी बजारमा आफ्नो आधिकारिक प्रवेशको घोषणा गर्यो। कम्पनीले इभी ५ कन्सेप्ट, इभी ९ कन्सेप्ट र इभी ६ जीटी अनावरण गर्दै चिनियाँ इभी बजारमा भित्रिएको हो।
चीनमा प्रस्ताव गरिएको यसको पहिलो सबै इलेक्ट्रिक मोडेल, इभी ६, आयातको रूपमा पेश गरिनेछ र यो वर्षको अगस्टमा लन्च हुने अपेक्षा गरिएको छ।
ईभी ६ कियाको पहिलो अल इलेक्ट्रिक गाडी हो, जुन समर्पित इभी प्लेटफर्म ई-जीएमपीमा आधारित छ, र ० देखि १०० किमी/घण्टाको गति ३.५ सेकेन्डमा गर्न सक्षम हुने दाबी गर्दछ।
यो मोडल ८०० भोल्ट फास्ट चार्जिङ क्षमताले सुसज्जित छ, जुन १८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ।
कियाले इभी ५ लाई पनि लन्च गर्नेछ, र चीनमा निर्माण हुने आफ्नो पहिलो ग्लोबल मोडेल र नोभेम्बरमा डेब्यु गर्दैछ।
यस बाहेक कियाले अन्य मोडेलहरु समेत चीनमा लन्च गर्नेछ।
चीनमा, कियाले सन् २०३० सम्ममा ४ लाख ५० हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको छ, जसमध्ये ४० प्रतिशत नयाँ ऊर्जा गाडी (एनईभी) मोडलको हुनेछ।
कियाले यस वर्षको अन्त्यमा चीनमा किया ब्रान्ड एप लन्च गर्ने योजना बनाएको छ, जसले कार किनमेल, कार प्रयोग, सेवाहरू र इन्फोटेनमेन्ट जस्ता सुविधाहरू प्रदान गर्नेछ।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार