वाटरप्रूफ लाइटवेट बडीको साथ ह्वावेको मेट एक्स३ सार्वजनिक

Technology Khabar १० चैत्र २०७९, शुक्रबार

काठमाडौं ।

ह्वावे मेट एक्स३ आधिकारिकरुपमा सार्वजनिक गरिएको छ। ह्वावे मेट एक्स३ अन्य प्रतिस्पर्धीहरूको तुलनामा धेरै हलुका रहेको र यसको तौल केवल २३९ ग्राम मात्र भएको बताइएको छ।

ग्यालेक्सी जेड फोल्ड४ भन्दा ह्वावे मेट एक्स३को तौल २४ ग्राम कम रहेको बताइएको छ। ह्वावे मेट एक्स३ले अन्य क्षेत्रहरूको सम्झौता बिना नै कम तौलको व्यवस्थापन गर्न सफल भएको उल्लेख गरिएको छ। यसमा ठूलो डिस्प्ले, ठूलो ब्याट्री र पेरिस्कोप जुम क्यामेरा समावेश गरिएको छ। ह्वावे मेट एक्स३ अनफोल्ड गरिएको खण्डमा ५.३एमएम मात्र मोटो छ।

बूक–स्टाइलको यस फोल्डेबल मेट एक्स३मा दुईओटा १२० हर्ज–सक्षम डिस्प्लेहरू रहेका छन्। यसको कभर स्क्रिन ६.४ इन्चको रहेको र २५०४x१०८०पीएक्स रिजोलुसनका साथै २०.९ः९ एस्पेक्ट प्रदान गर्ने उल्लेख छ। साथै यसको भित्री प्यानल ७.८५ इन्चको रहेको र यसले २४९६x२२२४पीएक्स रिजोल्युसनका साथै नियर स्क्वायेर ८ः७.१ एस्पेक्ट प्रदान गर्ने बताइएको छ।

ह्वावे मेट एक्स३ पनि ग्यालेक्सी जेड फोल्ड४ जस्तै आईपीएक्स८ स्टरयाण्डर्ड वाटर–प्रूफ रहेको बताइएको छ। साथै ह्वावे मेट एक्स३ पानी प्रतिरोध प्राप्त गर्ने पहिलो गैर–सामसङ फोल्डिंग फोन भएको उल्लेख गरिएको छ। ह्वावेले मेट एक्स३मा टु–वे स्याटेलाईट कम्युनिकेसन (दुई–तर्फी उपग्रह संचार) पनि प्रदान गरेको उल्लेख गरिएको छ।

नयाँ हिन्ज डिजाइनले गर्दा यसको फोल्डिङ डिस्प्लेहरु आफैंमा टाँसिने भएकाले फलस्वरूप मेट एक्स३ फ्ल्याट रुपमा बन्द गर्न मिल्ने किसिमको छ। त्यसैगरी यसको फोल्डिङमा क्रिज पनि नभएको दाबी गरिएको छ। ह्वावे मेट एक्स३ को इम्प्रेसिभ स्लिम वेस्टलाइनका बावजुद पनि हिन्जले नो–ट्राईपड सेल्फीहरूको लागि फोनलाई धेरै कोणहरूमा समर्थन गर्ने बताइएको छ। साथै यसमा भिडियो कलहरू र भिडियो हेर्नको लागि स्प्लिट–स्क्रिन मोडका साथै मौसम र समय देखाउने नयाँ नाइटस्ट्यान्ड मोड पनि समावेश गरिएको छ।

ह्वावे मेट एक्स३को पछाडिको भागमा ट्रिपल क्यामरा प्याकको साथै प्रत्येक स्क्रिनमा एक–एकओटा गरी दुईओटा ८ मेगापिक्सेलको सेल्फी क्यामराहरू रहेका छन्। उक्त क्यामरा प्याकमा ५० मेगापिक्सेलको एफ/१.८ वाइड क्यामरा, १३ मेगापिक्सेलको एफ/२.२ अल्ट्रावाइड र १२ मेगापिक्सेलको एफ/३.४ ५एक्स टेलिफोटो शूटर समावेश गरिएको बताइएको छ।

मेट एक्स ३ हारमोनी ओएस ३.१ मा संचालन हुनेछ। साथै यसमा स्न्यापड्रागन ८प्लस जेन १ चिपसेट समावेश गरिनुका साथै १२जीबी र्याम राखिएको छ। यद्यपि कम्पनीलाई ५जी मोडेमहरू खरिद गर्न प्रतिबन्ध लगाइएको हुनाले एक्स३ मा ४जी कनेक्टिभिटी मात्र रहेको बताइएको छ।

साथै मेट एक्स३ भित्र ६६वाटको वायर्ड (तार) र ५० वाटको वायरलेस चार्जिंग समर्थन गर्ने ठूलो ४,८००एमएएचको ब्याट्री समावेश गरिएको बताइएको छ।

ह्वावे मेट एक्स३ चीन–मात्र उपलब्ध विश्वव्यापी हुने र विश्वव्यापी उपलब्धतामा कुनै जानकारी नभएको उल्लेख गरिएको छ। यसको २५६ जीबी मोडललाई १२,९९९ युआन (१,९९९ अमेरिकी डलर) मूल्य पर्ने बताइएको छ भने दोब्बर स्टारेज भएको मोडललाई १३,९९९ युआन(२,०५० अमेरिकी डलर) मूल्य पर्ने उल्लेख गरिएको छ। त्यसैगरी १ टीबी ट्रिमको मूल्य भने १५,९९९ युआन (२,३४० अमेरिकी डलर) रहेको उल्लेख गरिएको छ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया