काठमाडौं ।
चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो आठ महिनामा करिब ३० करोड रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म २९ करोड ७४ लाख ७० हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ४४ यूनिट स्मार्टवाट आयात भएको देखिन्छ।
स्मार्टवाचको आयातबाट सरकारले ९ करोड २१ लाख ६७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
गत माघमा मसान्तसम्म २८ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ३१३ यूनिट स्मार्टवाच आयात भएको थियो।
फागुन महिनामा मात्रै ७४ लाख ९४ हजार रुपैयाँ बराबरको ८ हजार ७३१ यूनिट स्मार्टवाच आयात भएको छ।
भन्सार विभागको अनुसार नेपालमा १९ ओटा मुलुकबाट स्मार्टवाच आयात हुने गरेको छ।
सबैभन्दा धेरै स्मार्टवाच चीन र भारतबाट नेपाल भित्रिने गरेको छ।
चीनबाट २१ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको १ लाख ७९ हजार ६७० यूनिट स्मार्टवाच आयात भएको छ।
यस्तै भारतबाट ५ करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको २२ हजार ५३६ यूनिट स्मार्टवाच आयात भएको छ।
भियतनाबाट २ करोड २५ लाख ७ हजार रुपैयाँ बराबरको ७०० यूनिट स्मार्टवाच आयात भएको छ।
बाँकी १६ मुलुकबाट न्यून मात्रामा स्मार्टवाच आयात भएको देखिन्छ।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार