सामसङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाल आउने

  • Technology Khabar | ९ चैत्र २०७९, बिहीबार
सामसङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाल आउने

काठमाडौं ।

सामसङले नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल ल्याउने भएको छ। सामसङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी विश्वव्यापी बिक्री शुरु भए पनि नेपालमा उपलब्ध छैन। सामसङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरुमा चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरु सेयर गरिएको छ।

लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता भएकोले यसप्रति उपभोक्ताको चासो बढेको छ । दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् । ग्यालेक्सी ए३४ मा ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ उपलब्ध छ भने ग्यालेक्सी ए५४ मा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी लेन्स रहेको छ । दुवै फोनहरुमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स छ। यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो,पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीलाई सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

यी दुवै फोनमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ ।

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...