बीवाईडीका विद्युतीय सवारी साधन खरिद गर्न प्रभु बैंकले सहुलियत कर्जा दिने

  • Technology Khabar | ९ चैत्र २०७९, बिहीबार

काठमाडौं ।

बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा।लि। ले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तिय सम्झौता गरेको छ।

यो साझेदारीले ग्राहकहरूलाइ बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ।

साइमेक्स इंक प्रालिका प्रमुख वित्त अधिकारी मेमन धौगाडा भन्छन्, ‘बीवाईडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ। प्रभु बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउन मद्दत गर्नेछ।’

बीवाईडी विभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो। यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन्। नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्ने जनाइएको छ।

प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्ट भन्छन्, ‘प्रभु बैंकमा, हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध छौं। बीवाईडीसँगको हाम्रो साझेदारीले हामीलाई विद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ।’

यस सहकार्य पश्चात प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ। प्रभु बैंकका देशभर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटीएम नेटवर्क छन्।

साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाईडी अट्टो ६४ लाख ९० हजार रुपैयाँ नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बीवाईडी अल न्यू इ६ ५९ लाख रुपैयाँमा बजारमा उपलब्ध गराउँदैछ।

केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाईडी अट्टो३ १२ लाख ९८ हजार वा बीवाईडी अल न्यू इ६ मात्र ११ लाख ८० हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया