जाजरकोटका ग्रामिण क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

  • Technology Khabar | ८ चैत्र २०७९, बुधबार
जाजरकोटका ग्रामिण क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध
मुस्ताङको कागबेनीमा रहेको नेपाल टेलिकमको टावर। फाइल तस्वीर

काठमाडौं ।

जाजरकोटका ग्रामिण क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ। मंगलबार राति नेपाल टेलिकमको जाजरकोटस्थित मछाइना टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटले जानकारी दिएको छ।

अहिले जाजरकोटको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ।

सेवा अवरुद्ध भएपछि जाजरकोटका ग्रामिण भेगका स्थाीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्।

प्रकाशित: ८ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार