‘वान एक्स बेट’का ६ एजेन्ट पक्राउ, ६४ करोड साइप्रस पुर्याएको खुलासा

  • Technology Khabar | ८ चैत्र २०७९, बुधबार
‘वान एक्स बेट’का ६ एजेन्ट पक्राउ, ६४ करोड साइप्रस पुर्याएको खुलासा

काठमाडौं ।

अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना एजेन्ट पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रतिबन्धित बेटिङ (जुवा) खेलाउने समूहका सदस्यलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ६ खलङ्गा घर भई हाल भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय दिलीप सिंह कठायत, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १० गैरीगाउँ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ५ तलिवाडा घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी रहेका छन्। यस्तै सर्लाही बलरा नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा न. ३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे र काभ्रेपलाञ्चोक मादनकुडारी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीया शिवानी तामाङ पक्राउ परेका हुन्।

युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले शुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत यी व्यक्तिहरू पक्राउ परेका हुन्।

वान एक्स बेटमा खेलाडीले वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन्। पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजर रहेको प्रहरीको भनाइ छ।

उनीहरुले बेटिङमा प्रयोग भएको ६४ करोड रूपैयाँ साइप्रस पु¥याएकोसमेत खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ८ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार