
काठमाडौं ।
सूचना प्रविधिको क्षेत्रमा अग्रणी तथा स्थापित फिनटेक कम्पनी इन्फोडेभलपर्सलेसूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने उद्देश्यसहित आयोजना गरेको ‘क्लिक टू करिअर’ कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै क्लिक टु करियर सम्पन्नभएको घोषणा गरिएको हो ।
बजारमा देखिएको दक्ष आईटी जनशक्तिको खाँडललाई कम गर्न सीपयुक्त आईटी तालिम दिने उद्देश्यले ४५ दिने लामो क्लिक टु करियर कार्यक्रम सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले बताए।
‘हामीले सञ्चालन गरेको क्लिक टु करियर कार्यक्रम इन्फोडेभलपर्सका लागि मात्रै होइन्,’ उनले भने, ‘दक्ष जशक्ति उत्पादन गर्न इन्फोडेभलपर्सले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ, त्यो समग्र सूचना प्रविधि बजारका लागि हो।’
आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरुलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सिप, प्रशिक्षण, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्नइन्फोडेभलपर्सले क्लिक टु करियर कार्यक्रम सञ्चालन गरेको थियो।
नेपालमा पढाइ हुने आईटी शिक्षा विश्वस्तरीय भएको बताउँदै रघुवंशीले दक्ष जनशक्तिको कमी हुनुमा यहाँको संस्कार प्रमुख कारण भएको विचार व्यक्त गरे।
असोजदेखि शुरू भएको क्लिक टु करियरमा करिब १५० जना सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिइएको थियो। सहभागीमध्ये ३३ जनाले इन्फोडेभलपर्समै ट्रेनीरइन्टर्नसीपको रूपमा अवसर पाएका छन्।
सूचना प्रविधि उद्योगलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्य राखि क्लिक टु करियर सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीओओ तथा कार्यक्रमका संयोजक डा. राजिव सुब्बाले बताए।
‘उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति बजारमा पाउन निकै मुस्किल छ,’ सुब्बाले भन्नुभयो,‘त्यसकारणआवश्यक परेको बेला दक्ष जनशक्तिको अभाव नहोस् र विद्यार्थीहरूलाई पनि रोजगारी पाउन समस्या नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।’
६० घण्टासम्म प्रदान गरिएको यस तालिममा १५० सहभागीलाई इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले मेन्टरिङ्ग तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो ।
क्लिक टु करियरका प्रशिक्षक प्रियंका अर्यालले तालिममा सहभागीहरू इन्फोडेभलपर्समा मात्र नभएर अन्य आईटी कम्पनीमा समेत अवसर पाएको बताए। विद्यार्थीको करियर विकासका लागि क्लिक टु करियर जस्ता कार्यक्रम निकै फलदायी हुने उनले बताए।
प्रशिक्षण पश्चात रोजगारीको अवसर पनि दिने गरी सञ्चालन कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा, एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआईरयूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेश एनालिस्ट र फ्ल्टर लगायत तालिम प्रदान गरिएको थियो ।
क्लिक टु करियरमा सहभागी भइ हाल इन्फोडेभलपर्समा ट्रेनीको रूपमा कार्यरत सोनी मानन्धरले तालिम पश्चात सैद्धान्तिक ज्ञानलाई अभ्यासमा उर्तान निकै उपयोगी भएको बताए।
यसैगरी तालिममा सहभागी इन्फोडेभलपर्समा ट्रेनीको रूपमा कार्यरत शिरिष मैनालीले कलेजमा पाइने सैद्धान्तिक ज्ञान र उद्योगको व्यवहारिक अभ्यासमा हुने दूरी कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स प्रालि नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न प्रोडक्ट र परियोजनामा काम गरिरहेको कम्पनी हो। कम्पनीमा हाल३५० बढीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन्।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार