
काठमाडौं ।
तपाईंले गुगलमा केही गोप्य सर्चहरू गर्नको लागि अक्सर इन्कग्निटो मोड प्रयोग गरेको हुनुपर्छ। इन्कग्निटो मोडमा, तपाइँ ती सबै गोप्य चीजहरू खोज्न सक्नुहुन्छ, जसको इतिहास (हिस्ट्री) तपाइँ खोज इन्जिनमा हेर्न चाहनुहुन्न।
तर के तपाईलाई थाहा छ ? गुगल जस्तै तपाईले युट्युबमा पनि यो इन्कग्निटो मोड प्रयोग गर्न सक्नुहुन्छ। इन्कग्निटो मोडमा युट्युबमा हेरिएको भिडियो धेरै गोप्य रहन्छ, र जसको सर्च इतिहास कसैले ट्र्याक गर्न सक्दैन। युट्युबमा इन्कग्निटो मोड कसरी प्रयोग गर्ने भनेर जानौं।
इन्कग्निटो मोडमा युट्युब भिडियोहरू कसरी हेर्ने ?
पहिलो चरण
युट्युबमा इन्कग्निटो मोड अन्तर्गत भिडियोहरू हेर्नको लागि, तपाईंले पहिले आफ्नो डिभाइसमा इन्कग्निटो मोड अन गर्नुपर्छ। यसका लागि सबैभन्दा पहिले आफ्नो फोनमा युट्युब एप खोल्नुहोस्।
दोस्रो चरण
यसपछि, माथिल्लो बायाँ कुनामा देखिने तीनवटा थोप्लाहरूमा क्लिक गर्नुहोस्।
तेस्रो चरण
यहाँ तपाईंले एकाउन्ट सेक्सनमा क्लिक गर्नुपर्नेछ।
चौथो चरण
एकाउन्ट सेक्सनमा गएपछि, तपाईंले इन्कग्निटो (Incognito) विकल्प देख्नुहुनेछ।
पाँचौं चरण
इन्कग्निटो मोड सक्रिय गर्न, तपाईंले यसलाई टगल गर्नुपर्छ।
छैटौं चरण
तपाईंले इन्कग्निटो मोड सक्रिय गर्ने बित्तिकै, तपाईंलाई एउटा फरक युट्युब एपमा लगिनेछ जुन इन्कग्निटो मोडमा उपलब्ध हुनेछ।
यसको मतलब यो हो कि युट्युब एप अब तपाईंको डिभाइसमा इन्कग्निटो मोडमा खोलिएको छ।
सातौं चरण
अब तपाईले यस एपमा जुनसुकै भिडियो हेर्नुहुन्छ, त्यो बिल्कुल गोप्य हुनेछ र युट्युबको सर्च हिस्ट्रीमा त्यो भिडियोको उपस्थिति देखिने छैन।
अब तपाईँले यस मोडमा युट्युबको भिडियो हेरेपछि, तपाईंले यससँग सम्बन्धित अन्य कुनै सुझावहरू वा कमेन्टहरु समेत देख्नुहुनेछैन।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार