सामसङले बजेट स्मार्टफोनहरुको प्याकिङमा चार्जर दिन बन्द गर्यो!

Technology Khabar ८ चैत्र २०७९, बुधबार

सामसङले बजेट स्मार्टफोनहरुको प्याकिङमा चार्जर दिन बन्द गर्यो!

काठमाडौं ।

हालैका वर्षहरूमा, स्मार्टफोन निर्माताहरू बीच आईफोनले जस्तै हेडफोन ज्याक र बन्डल इयरफोनहरू हटाउने प्रवृत्तिको विकाश भएको छ। यद्यपि धेरै जसो एन्ड्रोइड ओईएमहरूले प्रारम्भमा एप्पलको निर्णयमा हाँसेको भए तापनि तिनीहरूले पनि चाँडै नै उक्त फिचरहरू आफ्नो फोनहरुबाट हटाएर शुरु गरे। त्यसैगरी बक्समा बन्डल गरिएको स्मार्टफोन चार्जर हटाउने चलनको पनि व्यापक रुपमा अभ्यास भएको छ। अहिलेका धेरैजसो हाई–एन्ड एन्ड्रोइड स्मार्टफोनहरूमा हेडफोन ज्याक र बन्डल्ड चार्जरहरु समावेश गर्न लोडिएको छ। साथै सस्तो ग्यालेक्सी डिभाइसहरूमा पनि यो प्रवृत्ति चाँडै नै लागु गरिने भएको गीजचाइनामा उल्लेख गरिएको छ।

सामसङको आगामी बजेट स्मार्टफोन ग्यालेक्सी ए१४ बन्डल्ड चार्जिङ ब्रिकको साथमा उपलब्ध नहुने भएको हालैका रिपोर्टहरूले संकेत गरेको बताइएको छ। साथै ग्यालेक्सी ए१४ (नन्– ५जी मोडेल) चार्जिङ र डाटा ट्रान्सफरको लागि बक्समा यूएसबी टाइप–सी देखि यूएसबी टाइप–सी केबलको साथ मात्र आउने टिपस्टर अहमद क्वाइडरले दाबी गरेको बताइएको छ। यदि यो रिपोर्ट सही भएको खण्डमा ग्यालेक्सी ए१४ बक्स भित्र चार्जरको समावेश नगरिने सामसङको सबैभन्दा सस्तो स्मार्टफोन हुने उल्लेख गरिएको छ।

सामसङ बजेट स्मार्टफोनहरुको बक्समा चार्जरहरू समावेश नगरिने 
आफ्नो उत्पादनहरू थप वातावरण मैत्री बनाउन र फोहोरको कमी होस् भनेर धेरै कम्पनीहरूले बक्सबाट चार्जरहरु निकालेको दाबी गरेका छन्। यद्यपि, तिनीहरूमध्ये धेरै कम्पनीहरूले अझै पनि अनावश्यक प्याकेजिङका साथ चार्जरहरू बेच्ने गरेको र त्यसले प्याकेजिङ फोहोरमा योगदान पुर्याएको उल्लेख गरिएको छ। साथै स्लिमर फोन बक्सहरूले ढुवानी कन्टेनरहरूमा भण्डारणको लागि थोरै ठाउँ ओगट्ने भएकाले यी कम्पनीहरूले कम ढुवानी लागतबाट लाभ उठाउँने थप उल्लेख गरिएको छ।

बन्डल्ड चार्जर हटाइएतापनि ग्यालेक्सी ए१४ मा केही प्रभावशाली फिचरहरू समेटिएको बताइएको छ। स्मार्टफोनमा फुल एचडीप्लस रिजोल्युसनसहितको ६.६ इन्चको पीएलएस एलसीडी डिस्प्ले समावेश गरिएको छ। साथै ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा सहित स्मार्टफोनमा तीनवटा रियर फेसिङ क्यामेराहरु रहेका छन्।। यस स्मार्टफोनमा ५,००० एमएएचको ब्याट्री र १५ वाट फास्ट चार्जिङ पनि रहेको बताइएको छ। त्यसैगरी ग्यालेक्सी ए१४ कालो, लाइम र सिल्भर गरी तीन ओटा रङ्गहरुको विकल्पमा उपलब्ध हुने उल्लेख गरिएको छ। साथै यस स्मार्टफोनमा एक्सीनोस ८५० प्रोसेसर, ४जीब÷६जीब र्याम, ६४जीब÷१२८जीब स्टोरेज, माइक्रोएसडी कार्ड स्लट, डुअल–सिम कार्ड स्लट, जीपीएस, वाई–फाई ५, ब्लुटुथ ५.१, एनएफसी र यूएसबी टाइप–सी पोर्ट समावेश गरिएको बताइएको छ।

निष्कर्षको रुपमा भन्नु पर्दा स्मार्टफोन निर्माताहरू बीच स्मार्टफोनबाट बन्डल्ड चार्जर र हेडफोन ज्याक हटाउने एक सामान्य अभ्यास भएको छ। सामसङको आगामी बजेट स्मार्टफोन ग्यालेक्सी ए१४ ले पनि बक्स भित्रको चार्जरलाई हटाएर यस प्रवृत्तिलाई पछ्याउने अपेक्षा गरिएको छ। केही कम्पनीहरूले फोहोर घटाउन र दिगोपनलाई प्रवर्द्धन गर्नेको लागि भनेर यो कदम चालेको दाबी गरेको बताइएको छ। त्यसैगरी केही कम्पनीहरूले भने स्लिमर फोन बक्सहरूको कारण कम ढुवानी लागतबाट लाभ उठाउँने गरेको बताइएको छ। बजेट स्मार्टफोन खोज्नेहरूका लागि ग्यालेक्सी ए१४ व्यवहार्य विकल्प भएको र यस स्मार्टफोनले प्रभावशाली फिचरहरू प्रदान गर्ने बताइएको छ।

Sajilo Visa

प्रकाशित: ८ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार