भारतको एम्स अस्पतालमा फाइभजी नेटवर्क शुरु हुने, चिकित्सा सेवामा प्रविधिको अधिकतम उपयोगको लक्ष्य

  • Technology Khabar | ७ चैत्र २०७९, मंगलवार
भारतको एम्स अस्पतालमा फाइभजी नेटवर्क शुरु हुने, चिकित्सा सेवामा प्रविधिको अधिकतम उपयोगको लक्ष्य

काठमाडौं ।

भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), दिल्लीले बिरामी हेरचाह, शिक्षण, अनुसन्धान र सुशासनमा सञ्चार प्रविधिको उच्चतम प्रयोगको लागि जुन ३० सम्ममा फाइभजी नेटवर्क सुरु गर्ने भएको छ। यो प्रक्रियालाई तीव्रता दिन पाँच सदस्यीय समिति गठन गरिएको छ।

एम्सका निर्देशक एम श्रीनिवासद्वारा जारी गरिएको कार्यालय मेमोमा भनिएको छ, “वर्तमान प्रवृत्ति अनुसार बिरामीको हेरचाह, शिक्षण, अनुसन्धान र सुशासनमा आधुनिक सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्न र एकीकृत चिकित्सा विश्वविद्यालयलाई इंटीग्रेटेड मेडिकल यूनिवर्सिटी इनफर्मेशन सिस्टम (आईएमयूआईएस) संचालनको शुरुवात गर्नका लागि एम्स क्याम्पसमा ५जी मोबाइल नेटवर्कको राम्रो उर्जा चाहिन्छ। यसले भवनहरू भित्र राम्रो मोबाइल र डेटा जडान सक्षम गर्नेछ।”

यस समितिको प्रमुख एम्सको न्यूरोसर्जरी विभागका विवेक टण्डन हुने भारतीय मिडियाहरुले भनेका छन्।

ससक्त ५जी कनेक्सनले एम्सलाई यसको मुख्य र अन्य क्याम्पसहरूमा ई आईसीयू समाधानहरू लागू गर्न मद्दत गर्नेछ। एम्स प्रशासनिक अधिकारीहरूले बताएअनुसार लगभग ५० हजार मानिसहरू हरेक दिन एम्स भ्रमण गर्छन् र राम्रो मोबाइल कनेक्सन आवश्यक छ। एम्समा केहि स्थानहरू छन् जहाँ शून्य वा धेरै कमजोर मोबाइल कनेक्सन छ। यसले बिरामी, कर्मचारी र आगन्तुकहरूलाई असुविधा निम्त्याउँछ। साथै त्यहाँ धेरै ठाउँहरूमा सीमित ३जी/४जी डाटा कनेक्टिभिटी छ र भवनहरूमा फाइभजी कनेक्टिभिटी धेरै कम छ।

प्रकाशित: ७ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...