दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।फाइल तस्बिर

काठमाडौं ।

सरकारले दूरसञ्चारसम्बन्धी विधेयक तयार पार्ने प्रकृया शुरु गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्यसको लागि अवधारणापत्र स्वीकृत गरेको हो।

उक्त अवधारणा पत्रको आधारमा नै आगामी दिनमा नयाँ विद्येयक तर्जुमा हुने र त्यो संसदबाट पारित हुनेछ।

उक्त अवधारणा पत्रमा के के विषयहरु समेटिएका छन् भन्ने बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्र सुवेदीले आफूलाई जानकारी नभएको बताए।

‘मलाई पनि के छ भन्ने थाहा छैन्। त्यो मसँग भएको भएपनि तपाईँलाई भन्न मिल्दैन्,’ प्रवक्ता सुवेदीले भने।

लामो समयदेखि सरकारले दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्ने तयारी गरिरहेको छ। यसैअनुसार सरकारले नयाँ दूरसञ्चार ऐन ल्याउन लागेको हो।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार