कम्युटर बनाउने कम्पनी एसरले लाइट वेट ईबी नामक ई–बाईक ल्याउने

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
कम्युटर बनाउने कम्पनी एसरले लाइट वेट ईबी नामक ई–बाईक ल्याउने

काठमाडौं ।

एसरले ईबी नामक ई–बाइकको घोषणा गरेको छ। सामान्यतया पर्सनल कम्प्युटर, ल्यापटपहरू र एक्सेसरिजहरूका लागि परिचित रहेको ताइवानी कम्पनी एसरले अब सहरहरूको लागि डिजाइन गरिएको बाइक ईबीको (टाउट) घोषणा गरेको हो।

यस ई–बाइकमा राइडरको व्यक्तिगत प्राथमिकताहरू सिक्ने र सडक अवस्थाहरू अनुसार गियरहरू परिवर्तन गर्ने जस्ता एआई फिचर्स प्रयोग गरिएको बताइएको छ। साथै अन्य धेरै ई–बाइकहरु भन्दा हल्का रहेको यस ई–बाइकको तौल लगभग ३५ पाउन्ड मात्र छ। एसरले यस ई–बाइकको अधिकतम स्पीड २० एमपीएच रहेको दाबी गरेको र एक चार्जमा करिब ७० माइल सम्मको दायरा दिने उल्लेख गरिएको छ।

करिब साढे दुई घण्टामा बाइकको ब्याट्री पूर्ण रुपमा चार्ज हुने बताइएको छ। साथै एसरको पावर ब्रिकलाई ल्यापटप वा फोनको लागि पोर्टेबल चार्जरको रूपमा पनि प्रयोग गर्न सकिने छ। त्यसैगरी राइडरहरूले ब्याट्री लाइफ, रिकमेन्डेड रुटस् (सिफारिस गरिएका मार्गहरू), स्पिड चेकस् (गति जाँचहरू) र बाइक लक र अनलक गर्ने जस्ता जानकारीका लागि ईबीगो एप डाउनलोड गर्नुपर्ने बताइएको छ। यद्यपि, ईबीलाई लिङ्क गरिएको फोनको सहायताले कुनै पनि बेला अटो–लक गर्न सकिने बताइएको छ। साथै यस ई–बाइकमा एन्टी–थेप्थ अलार्म पनि समावेश गरिएको बताइएको छ।

यस ईबी नामक ई–बाइकका थप फिचरहरुमा कोलिसन डिटेक्सन सेन्सर (ठोक्किएको पत्ता लगाउने सेन्सरहरू), प्रत्येक दिशामा बत्तीहरू र टायरहरू पंङ्कचर हुन नदिनको लागि वा फ्ल्याटबाट बच्नको लागि हावा बिनाको टायरहरू समावेश गरिएका छन्।

एसरले यस ईबी को मूल्यको बारेमा र कहिले रिलीज हुनेछ भनेर खुलास नगरेको बताइएको छ। लेक्ट्रिक एक्सपी लाईटको मूल्य ८०० अमेरिकी डलर देखि अडीको नयाँ इलेक्ट्रिक माउन्टेन बाइकको मूल्य १०,००० भन्दा बढी अमेरिकी डलर हुने भएको यस ईबी ई–बाइकको मूल्य अनुमान गर्न गाह्रो भएको इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार