सामसङ ग्यालेक्सी एफ१४ ५जी को मूल्य लन्च हुनु अघि सार्वजनीक

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
सामसङ ग्यालेक्सी एफ१४ ५जी को मूल्य लन्च हुनु अघि सार्वजनीक

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी एफ सिरिजबाट भारतमा नयाँ मिड रेन्ज स्मार्टफोन लन्च गर्ने तयारी गरिरहेको छ। यस महिनाको अन्त्यमा लन्च गर्न सेट गरिएको उक्त डिभाइस ग्यालेक्सी एफ१४ ५जी रहेको बताइएको छ। ग्यालेक्सी एफ१४ ५जी को आधिकारिक घोषणा अघि नै यस फोनको सम्भावित मूल्य लीक भएको  गिज्मोचाइनाले उल्लेख गरेको छ।

दक्षिण कोरियाली टेक जायन्टले ग्यालेक्सी एफ१४ लाई भारतीय बजारमा मार्च २४ मा लन्च गर्नेछ। उक्त डिभाइस फ्लिपकार्ट मार्फत बिक्रीको लागि उपलब्ध हुने बताइएको छ। कम्पनीबाट आधिकारीक रुपमा रिलीज हुनु अघि चर्चित टिप्सर योगेश ब्रारले उक्त आगामी स्मार्टफोनको मूल्य निर्धारणको बारेमा खुलासा गरेको बताइएको छ। योगेशका अनुसार, ग्यालेक्सी एफ१४को ६जीबी + १२८जीबी भेरियन्टको बक्स प्राइस १७,९९९ भारु (लगभग २१७ डलर) रहेको र ग्राहकहरूको लागि यसको वास्तविक मूल्य १४,००० वा १५,००० भारु (लगभग १७० डलर देखि १८० डलर) हुन सक्ने बताएको उललेख गरिएको छ।

ग्यालेक्सी एफ१४ ५जीमा फुल एचडी प्लस रिजोल्युशन, एलसीडी प्यानल र कोर्निङ गोरिल्ला ग्लास ५ प्रोटेक्सन सहितको ६.६ इन्चको डिस्प्ले समावेश गरिएको बताइएको छ। साथै यस डिस्प्लेले ९० हर्जको हाई रिफ्रेस रेट पनि प्रदान गर्ने उल्लेख गरिएको छ। त्यसैगरी सामसङको आगामी ह्यान्डसेटमा एक्सीनोस १३३० एसओसीका साथमा र्याम प्लस सहितको १२जीबी सम्मको र्याम समावेश गरिएको बताइएको छ। ग्यालेक्सी एफ१४ ५जी १२८जीबी इन्टरनल स्टारेजको साथमा ४जीबी र ६जीबी कन्फिगरेसनमा उपलब्ध हुने टिपस्टरले थप बताएको भनी उल्लेख गरिएको छ।

यस मोडल एन्ड्रोइड १३ ओएसमा आधारित वन यूआई ५.० आउट अफ द बक्समा चल्ने उल्लेख गरिउको छ। साथै यस स्मार्टफोनमा २५वाट द्रुत चार्जिंगलाई समर्थन गर्ने ठूलो ६,०००एमएएच ब्याट्री समावेश गरिएको छ। ग्यालेक्सी एफ१४ ५जीको पछाडिको भागमा ५० मेगापिक्सेल प्राइमेरी क्यामेरा र २ मेगापिक्सेल सेकेन्डरी सेन्सर फिचर गरिएको बताइएको छ। त्यसैगरी स्मार्टफोनको अगाडि १३ मेगापिक्सेल सेल्फी शूटर रहने अपेक्षा गरिएको बताइएको छ।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...