अझै सस्तो मूल्यको ईभी ल्याउने तयारीमा फक्सवागन

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
अझै सस्तो मूल्यको ईभी ल्याउने तयारीमा फक्सवागन

काठमाडौं ।

जर्मन अटो जायन्ट फक्सवागनले भर्खर किफायती मूल्यको आईडी डट २अल इलेक्ट्रिक सार्वजनिक गरेको छ। फक्सवागन आईडी डट २अल इलेक्ट्रिकको उत्पादन २ वर्ष पछि शुरु हुनेछ। यस्तोमा फक्सवागनले अझै सस्तो ईभीमा काम गर्ने योजना बनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

२१ हजार ३४० अमेरिकी डलर भन्दा कम मूल्यमा बिक्री गरिने ईभी मोडललाई आईडी डट१ भनिने छ। यो २०२६ वा २०२७ को शुरुवातमा बजारमा आउने छ,’ फक्सवागन ब्रान्डका प्रमुख थोमस शेफरले अटोमाबोइलवोचेलाई भने। यस्तो इन्ट्रिलेभलको इलेक्ट्रिक मोडल बजारमा तुरुन्तै आवश्यक छ,’ पत्रिकाले शेफरलाई उद्धृत गरेको छ।

फक्सवागनलाई इलेक्ट्रिक युगका लागि मास मार्केट कार चाहिन्छ। कम्पनी टेस्लाको ईभीसँगै अघि बढ्न सकिरहेको छैन र चीनमा घट्दो बिक्री रोक्न संघर्ष छ। चीनको घरेलु बजारमा बीवाईडी आफ्नो उत्पादनबाट बजारमा प्रभाव विस्तार गरिरहेको छ।

ब्रान्डले गत हप्ता आईडी डट २अल ईभी सार्वजनिक गरेको छ। यसको मूल्य २५ हजार पाउण्डभन्दा कम हुनेछ र २०२५ देखि युरोपेली शोरूमहरूमा उपलब्ध हुनेछ। यो मोडल गल्फ जत्तिकै ठूलो र पोलो जस्तै सस्तो हुने फक्सवागनले बताएको छ।

कम्पनीले उच्च ब्याट्री लागतको बाबजुद पनि कम मूल्य लक्ष्य हासिल गर्न कडा मेहनत गरिरहेको छ, अर्को निर्मातासँग साझा प्लेटफर्म प्रयोग गर्ने विकल्प सहित, शेफरले अटोमाबोइलवोचलाई बताए। ‘तर मलाई लाग्छ कि हामी एक्लै गर्न सक्छौं,’ उनले थपे।

यो गाडी युरोपमा लक्षित मूल्यमा निर्माण गर्न सकिन्छ वा सस्तो स्थानमा निर्माण गर्नुपर्ने हो भन्ने तय भएको छैन, उनले भने।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...