किफायती अनर ७० लाइट सार्वजनिक

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
किफायती अनर ७० लाइट सार्वजनिक

काठमाडौं ।

अनरले अनर ७० लाइट किफायती स्मार्टफोन सार्वजनिक गरेको छ। अनर ७० विश्वव्यापी बजारमा उपलब्ध हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।

अनर ७० लाइटको ६.५ इन्चको एलसीडी डिस्प्ले एचडी प्लस रिजोल्युसन र ६० हर्ज रिफ्रेस रेट प्रदान गर्छ। डिभाइसमा ४८० प्लस स्न्यापड्रागन चिपसेट छ। फोन ४ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ।

फोनको पछाडि स्क्वार सेप्ड क्यामरा आईल्याण्डमा ३ क्यामरा छ। यसमा ५ मेगापिक्सेलको मुख्य क्यामरा र दुई ओटा २ मेगापिक्सेलको म्याक्रो र डेप्थ क्यामरा छ। सेल्फी र भिडियो कलका लागि ८ मेगापिक्सलको क्यामरा दिइएको छ।

फोनमा रहेको ५००० एमएएच ब्याट्रीले २२.५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। अनर ७० लाइट एन्ड्रोइड १२ ओएसमा चल्छ, यो म्याजिक यूआई ६.१ संग ओभरलेड छ। सेक्यूरिटी फिचरमा फेस अनलक र साइड फेसिङ फिंगरप्रिन्ट स्क्यानर छ। अन्य फिचरमा डुअल सिम, फाइभजी, वाईफाई ८०२.११एसी, ब्लूटुथ ५.१, जीपीएस र ३.५ एमएम अडियो ज्याक छ। यसको मापन १६३.६६ एक्स ७५(१३ एक्स ८.६८ एमएम छ।

अनर ७० लाइट तीन कलर अप्सन टाइटेनियम सिल्भर, ओसन ब्लू र मिडनाइट ब्ल्याकमा उपलब्ध छ। ४ जीबी र्याम र १२८ जीबी स्टोरेज युक्त फोनको मूल्य १९९ पाउण्ड तोकिएको छ।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...