
काठमाडौं ।
ओपनएआईले शुक्रबार भारतमा च्याटजीपीटीको सब्सक्रिप्शन प्लान च्याटजीपीटी प्लस घोषणा गरेको छ। भारतमा च्याटजीपीटी प्लसको मासिक सब्सक्रिप्शन शुल्क २० अमेरिकी डलर तोकेको अमर उजालाले उल्लेख गरेको छ।
च्याटजीपीटी प्लस सब्सक्रिप्शन प्लान अन्तर्गत प्रयोगकर्ताले उत्कृष्ट र फास्ट सर्भिस प्राप्त गर्नेछन्। कम्पनीले पहिलेदेखि वेटलिस्टका सःशुल्क सब्सक्रिप्शन प्रयोगकर्ताका लागि सुविधा शुरु गरिसकेको छ। भर्खरै ओपनएआईले च्याटजीपीटीको नयाँ भर्सन जीपीटी-४ ल्याएको छ। जसले धेरै हदसम्म सटिक जवाफ दिन्छ।
च्याटजीपीटी प्लस
कम्पनीले ट्विटर मार्फत भारतमा च्याटजीपीटी प्लस सब्सक्रिप्शन प्लान घोषणा गरेको हो। ओपनएआईले भन्यो, ‘राम्रो खबर! च्याटजीपीटी प्लस सब्सक्रिप्शन अब भारतमा उपलब्ध छ। शुक्रबारदेखि नै च्याटजीपीटी-४ सहित नयाँ सुविधाको लाभ लिन सक्नेछन्।’ एआई च्याटबटलाई गत वर्षको नोभेम्बरमा लन्च गरिएको थियो र त्यस पछि यो धेरै चर्चामा रहेको छ।
प्रकाशित: ६ चैत्र २०७९, सोमबार