आईएमई पेको नयाँ अफरः ‘५ को ५’बाट अब इयरबड्स जित्ने मौका

  • Technology Khabar | ५ चैत्र २०७९, आईतवार
आईएमई पेको नयाँ अफरः ‘५ को ५’बाट अब इयरबड्स जित्ने मौका

काठमाडौं ।

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ।

चैत्र १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैंकिङबाट, डेबिट÷क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन्।

यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु। १००० जित्ने मौका पनि पाउनेछन्। सो रकम विजेताको वालेटमा लोड हुनेछ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ५ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार