
काठमाडौं ।
ह्वावेले मेट एक्स३ फोल्डेबल स्मार्टफोन मार्च २३ मा चीनमा स्थानीय समय अनुसार दिउँसोको २ः३० बजे शरु हुने एक कार्यक्रममा अनावरण गर्नेछ। कम्पनीले फोल्डेबलको बारेमा धेरै खुलासा भने गरेको छैन। यद्यपि, डीएससीसीका सीईओ रस यङ्गले मेट एक्स३ को डिस्प्लेको बारेमा केही विवरणहरू खुलासा गरेका छन्।
ह्वावे मेट एक्स३ मा ७.८५ इन्चको फोल्डेबल डिस्प्ले फिचर गरिने यङ्गले बताएका छन्। मेट एक्स३ को उक्त नयाँ फोल्डेबल डिस्प्ले मेट एक्स२ को फोल्डेबल स्क्रिन भन्दा ०.१५ इन्चले सानो रहेको यङ्गले बताएको थप उल्लेख गरिएको छ। यद्यपि, कभर डिस्प्ले भने ६।४५ इन्चको नै रहने बताइएको छ।
साथै अल्ट्रा थिन ग्लास (यूटीजी) प्रयोग गर्ने मेट एक्स३ ह्वावेको पहिलो स्मार्टफोन हुने डीएससीसी का सीईओले दावी गरेका छन् । उक्त स्क्रिनहरू बीओईले निमार्ण गरेको उल्लेख गरिएको छ।
मार्च २३ को कार्यक्रममा मेट एक्स३को साथमा ह्वावेले पी६० सिरिज पनि प्रस्तुत गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ चैत्र २०७९, आईतवार