काठमाडौं ।
किबोर्ड प्रयोग गर्दा के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि यसमा दुई ओटा ‘इन्टर की’हरू छन्। विशेष कुरा यो हो कि दुबै ‘की’हरु दाहिने तर्फ छन्।
किबोर्ड भन्दा पहिले टाइपराइटरहरू प्रयोग गरिन्थ्यो। त्यसबेला टाइपराइटरसँग ‘क्यारिज रिटर्न’को लागि एउटा मात्र की थियो। त्यसपछि जब कम्प्युटर आविष्कार गरियो, यसै डिजाइनलाई अपनाइयो र किबोर्डमा एउटा इन्टर की मात्र जोडियो।
समयसँगै कम्प्युटर धेरै काममा प्रयोग हुन थाल्यो। कामको गति बढाउन कागजातहरू, फाइलहरू र कार्यक्रमहरू द्रुत रूपमा नेभिगेट गर्न आवश्यक थियो। यसले दोस्रो ‘इन्टर की’को विकास गर्न आवश्यक थियो, जसलाई आज “न्यूमेरिक कीप्याड इन्टर” की भनेर चिनिन्छ।
“न्यूमेरिक कीप्याड इन्टर” संख्यात्मक इनपुटसंग प्रयोग गर्न डिजाइन गरिएको हो। यो नम्बरहरू प्रविष्ट गर्दा वा स्प्रेडसिट सफ्टवेयर प्रयोग गर्दा र अनलाइन फारमहरू भर्दा डाटा प्रमाणित गर्न वा पेश गर्न प्रयोग गरिन्छ।

अर्कोतर्फ, मुख्य इन्टर की, मुख्य किबोर्डमा छ। यी कमाण्डहरू कार्यान्वयन गर्न प्रयोग गरिन्छ। यो की टाइप गर्दा पनि प्रयोग गरिन्छ।
किबोर्डमा दुई इन्टर कीहरु हुनु यो कुनै संयोग होइन्। यो एक विचारशील डिजाइन हो, जुन कम्प्युटर प्रयोगकर्ताहरूको आवश्यकताअनुसार बनाइएको हो। किबोर्डको एउटै छेउमा दुवै कीहरू हुनु भ्रामक हुन सक्छ, तर दुबै कीहरू फरक उद्देश्यका लागि डिजाइन गरिएका हुन्।
प्रकाशित: ५ चैत्र २०७९, आईतवार