काठमाडौं ।
यूट्युबमा संसारका विभिन्न प्रकारका टिप्स तथा जानकारी भिडियोको रुपमा उपलब्ध छ। संसारभर यूट्युबका करिब २.५ अर्ब प्रयोगकर्ता छन्। स्मार्टफोन प्रयोगकर्ताले नियमित रुपमा प्रयोग गर्दै आइरहेको यूट्युब भिडियोबाट पनि मोबाइल भाइरसको सम्पर्कमा आउन सक्छ। यसको जानकारी साइबर इटिलिजेन्स फर्म क्लाउडएसईकेले दिएको हो।
क्लाउडएसईके नोभेम्बर २०२२ देखि हालसम्मको रिपोर्ट जारी गरेको छ। रिपोर्ट अनुसार हरेक महिना मालवेयर युक्त यूट्युब भिडियामा २००–३०० प्रतिशत वृद्धि भइरहेको छ। यी मालवेयरको पहिचान विदार, रेडलाइन तथा रेकुनको रूपमा भएको छ।
मालवेयर युक्त लिंक त्यस्तो यूट्युब भिडियोमा सबैभन्दा अधिक हुने सम्भावना हुन्छ जसमा सफ्टवेयरको क्रयाक भर्सन फ्रिमा डाउनलोड गर्न सकिने बताइएको हुन्छ। सामान्यतया प्रयोगकर्ता फोटोसप, प्रिमियर प्रो, अटोडेक्स्ट ३डीएस म्याक्स र अटोसीएडी लगायत सफ्टवेयरको क्रयाक भर्जन डाउनलोड गर्ने प्रयास गर्छन्। ।
यस प्रकारका भिडियो सामान्यतया स्क्रीन रेकर्ड एपबाट बनाइएको हुन्छ। तर पछिल्लो केही महिनादेखि यो आर्टिफिशियल इन्टिलिजेन्स प्लेटफर्म जस्तै सिंथेसिया र डी–आईडीको मद्दतबाट बनाउने गरिएको छ। यस्ता फ्लेटफर्मले फ्रीमा सर्भिस दिन्छ तर मालवेयर फैलाउने काम पनि गरिरहेको हुन्छ।
रिपोर्टमा यो पनि बताइएको छ कि यूट्युबको रिव्यू प्रोसेसले यस्ता साइबर क्रिमिनललाई आफ्नो प्लेटफर्ममा धेरै दिनसम्म टिक्न दिँदैन। यस्तो विषयको जानकारी प्राप्त हुने वित्तिकै प्रयोगकर्तालाई हानी नपुगोस् भन्नाका लागि यूट्युबले त्यस्ता भिडियो डिलिज गर्ने गरेको छ। साथै भिडियो अपलोड गर्ने अकाउन्टलाई पनि प्रतिबन्ध गरिन्छ। रिपोर्टका अनुसार यस प्रकार भिडियामा इन्फोस्टिलर मालवेयर पाइएको छ जसले विशेषगरी कम्प्युटर वा डिभाइसबाट आवश्यक जानकारी एकीकृत गर्नका लागि डिजाइन गरिएको हुन्छ।
कसरी बच्ने
यस्ता मालवेयर लिंकबाट बच्ने पहिलो तरिका भनेको कुनै पनि यूट्यूब भिडियोमा देखाइएको लिंकमा क्लिक गर्नु हुँदैन। सामान्यतया यस्ता भिडियो डिस्क्रिप्सनमा लिंक गरिएको हुन्छ। ती लिंकका साथ कुनै पनि सफ्टवेयरको क्रयाक भर्जन डाउनलोड गर्न सकिन्छ भनेर झुक्याउने गरिन्छ।
प्रकाशित: ४ चैत्र २०७९, शनिबार