Technology Khabar ४ चैत्र २०७९, शनिबार
काठमाडौं ।
गुगलले केही समयदेखि आफ्नै फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको छ। पछिल्लो समय गुगल पिक्सेल फोल्डेबलको बारेमा विभिन्न अफवाह र रिपोर्टहरु आएका छन्। नयाँ लीकले गुगल पिक्सेल फोल्डेबलको मूल्य निर्धारण गरको र यो उल्लेखनिय भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
भर्खरको लीक चर्चित टिपस्टर योगेश ब्रारबाट आएको हो। पिक्सेल फोल्ड १३०० देखि १५०० अमेरिकी डलर बीचको मूल्य रेञ्जका साथ शुरु हुनेछ। यदि यो लीक सत्य हो भने, सर्च इन्जिन जायन्टको पहिलो फोल्ड गर्न मिल्ने फोन सामसङ ग्यालेक्सी जेड फोल्ड ४ भन्दा करिब ५०० अमेरिकी डलर सस्तो हुन सक्छ। गत वर्ष लन्च गरिएको ग्यालेक्सी जेड फोल्ड ४ दक्षिण कोरियाली ब्राण्डको पछिल्लो फोल्ड गर्न मिल्ने मोडल हो। सामसङ फोल्ड गर्न मिल्ने ह्यान्डसेट बजारको अग्रणी निर्माता हो।
मूल्यका आधारमा पिक्सेल फोल्ड सम्भवतः ग्यालेक्सी जेड फोल्ड ५ भन्दा धेरै सस्तो हुन गइरहेको छ। गुगलले पिक्सेल फोल्डलाई यस वर्षको अन्त्यमा लन्च गर्ने योजना बनाएको छ। यो स्मार्टफोनको मूल्य फोल्ड ४ कै समान हुनेछ।
टिपस्टरका अनुसार गुगलले अत्याधिक प्रतिक्षित पिक्सेल फोल्ड र मिड रेञ्ज पिक्सले ७ ए गुगल डेभलपर कन्फ्रेन्समा सार्वजनिक गर्नेछ। यो कार्यक्रम २०२३ को मेमा आयोजना हुन सक्छ। यस अघि पिक्सेल फोल्ड र पिक्सेल ७ ए जुनमा सार्वजनिक हुने विश्वास गरिएको थियो।
पिक्सेल ७ए करिब ४५० देखि ५०० अमेरिकी डलर मूल्य रेञ्जमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यो पिक्सेल ६ए सार्वजनिक हुँदाको मूल्य हो।
प्रकाशित: ४ चैत्र २०७९, शनिबार