बैदुलाई बेइजिङमा चालकविहीन रोबोट्याक्सी सेवा प्रदान गर्ने अनुमति

  • Technology Khabar | ४ चैत्र २०७९, शनिबार
बैदुलाई बेइजिङमा चालकविहीन रोबोट्याक्सी सेवा प्रदान गर्ने अनुमति

काठमाडौं ।

चिनियाँ सर्च इन्जिन जायन्ट बैदुले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा पूर्ण रूपमा चालकविहीन सवारी सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको बताएको छ।

अनुमतिसँगै, बैदुको अपोलो सेवाले बेइजिङ सरकारले विकसित गरेको टेक्नोलोजी पार्कमा १० वटा पूर्ण अटोनोमस सवारी साधनहरू सञ्चालन गर्नेछ, एक विज्ञप्तिमा भनिएको रोयटर्सले उल्लेख गरेको छ।

परमिटले डिसेम्बरदेखि एक कदम अगाडि बढेको छ। तत्कालिन समयमा बैदुले सेवा परीक्षण गर्न इजाजतपत्र प्राप्त गरेको बताएको थियो। बैदुले अब वुहान र चोङकिङ लगायत तीनवटा चिनियाँ सहरमा चालकविहीन रोबोटट्याक्सी सेवा सञ्चालन गर्नेछ।

बेइजिङ–मुख्यालय भएको कम्पनीले आफ्नो इन्टरनेट सर्च इन्जिनबाट आफ्नो अधिकांश राजस्व उत्पन्न गर्दछ। विगत ५ वर्षमा सेल्फ–ड्राइभिङ टेक्नोलोजीहरूमा ध्यान केन्द्रित गरिरहेको छ। बैदु आफ्नो सेवामा विविधता ल्याउने योजनामा देखिन्छ।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...