न्यूजिल्याण्डले संसदसँग जोडिएका डिभाइसमा टिकटक माथि प्रतिबन्ध लगाउने

  • Technology Khabar | ३ चैत्र २०७९, शुक्रबार
न्यूजिल्याण्डले संसदसँग जोडिएका डिभाइसमा टिकटक माथि प्रतिबन्ध लगाउने

काठमाडौं ।

न्यूजिल्याण्डले संसदसँग जोडिएका डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने भएको छ।साइबर सुरक्षा चिन्ताको कारणले देशको संसदीय नेटवर्कमा पहुँच भएका डिभाइसमा टिकटकलाई प्रतिबन्ध लगाइएको न्यूजील्याण्ड सरकारले शुक्रबार भनेको रोयटर्सले उल्लेख गरेको छ।

सरकारसँग सम्बन्धित डिभाइसमा सर्ट भिडिया सेयरिङ एपको प्रयोगलाई सीमित गर्ने पछिल्लो राष्ट्र न्यूजिल्याण्ड बनेको छ।

टिकटकको चिनियाँ मूल कम्पनी बाइडान्स मार्फत चिनियाँ सरकारले प्रयोगकर्ताहरूको स्थान र सम्पर्क डाटामा पहुँच गर्न सक्ने सम्भावनालाई लिएर विश्वव्यापी रूपमा चिन्ता बढेको छ।

यस हप्ता बिडेन प्रशासनले टिकटकका चिनियाँ स्वामित्वको सेयर बिक्री गर्न माग गरेको छ। नत्र एप माथि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावानी दिएको छ।

न्यूजील्याण्डमा, मार्चको अन्त्यसम्ममा संसदको नेटवर्कमा पहुँच भएका सबै डिभाइसमा टिकटकलाई प्रतिबन्ध लगाइनेछ।

संसदीय सेवाका प्रमुख कार्यकारी राफेल गोन्जालेज–मोन्टेरोले रोयटर्सलाई ईमेलमा भने कि साइबर सुरक्षा विशेषज्ञहरूको सल्लाह र सरकार र अन्य देशहरूसँगको छलफल पछि यो निर्णय लिइएको हो।

‘यस जानकारीको आधारमा, सेवाले निर्धारण गरेको छ कि वर्तमान न्यूजील्याण्ड संसदीय वातावरणमा जोखिमहरू स्वीकार्य छैनन्,’ उनले भने।

आफ्नो काम गर्न एप चाहिनेहरूका लागि विशेष व्यवस्था गर्न सकिन्छ, उनले थपे।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री क्रिस हिपकिन्सले न्युजिल्यान्ड अन्य राष्ट्रभन्दा फरक ढंगले सञ्चालन गरेको बताए।

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...