आईटेल पी४० ६ हजार एमएएच ब्याट्री र ६.६ इन्च स्क्रीनमा सार्वजनिक

Technology Khabar ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं ।

आईटेल पी४० सार्वजनिकसँगै ब्रान्डको नवीन इन्ट्रीलेभल । फोनको प्रमुख आकर्षणको रुपमा ठूलो डिस्प्ले र ठूलो ब्याट्री रहेको छ।

पी४० रहेको ६.६ इन्चको आईपीएस एलसीडीले एचडीप्लस रिजोल्यूसनमा १२० हर्ज रिफ्रेस रेट प्रदान गर्छ। ५ मेगापिक्सेलको सेल्फी सुटरको टपमा वाटरड्रप नच छ।

फोनको ब्याकमा दुई क्यामरा छन् १३ मेगापिक्सेलको मुख्य सुटर र भीजीए डेप्थ सेन्सर छ।

आईटेल पी४० यूनिएसओसी एससी९८६३ए चिपसेटद्वारा सञ्चालित छ। यसमा ८ कोरटेक्स–ए५५ सीपीयू कोर १.६ गिगाहर्जमा चल्छ। जीपीयू पावरभीआर जीई८३२२, ५५० मेगाहर्जमा क्लक गरिएको छ।

जीएसएमएरिनाका अनुसार निर्माताले वास्तविक र्याम प्रकट गरेको छैन। फोन ६४ प्लस ७ जीबी, ३२ प्लस ६ जीबी र ६४ प्लस ४ जीबी डायनामिक र्याममा उपलब्ध छ।

आईटेल पी४० एन्ड्रोइड १२ गो एडिसनबाट सञ्चालित छ। ६००० एमएएच ब्याट्रीले १८ वाट चार्जिङ सपोर्ट गर्छ। अन्य प्रमुख फिचरमा फ्रिंगरप्रिन्ट स्क्यानर र फेस अनलक छन्।

शुरुवाती मूल्य ९२ अमेरिकी डलर तोकिएको आईटेल पी४० एल्लो, ब्लू र ब्ल्याक कलरमा उपलब्ध छ।

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया