Technology Khabar ३ चैत्र २०७९, शुक्रबार
काठमाडौं ।
भारतीय सरकारले आफ्नो देशमा संचालित अनलाइन फार्मेसीहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। आगामी दिनमा यस्ता धेरै निर्णय लिन्छ जुन हाम्रो सुरक्षाको दृष्टिले निकै महत्वपूर्ण हुन्छ। वास्तवमा, भारतमा चलिरहेका १एमजी र नेटमेड्स जस्ता एपहरू चाँडै प्रतिबन्धित हुन सक्छन्।
अनलाइन फार्मेसीलाई नियम र कडा कारबाही गर्ने विचार भइरहेको छ। डाटाको गोपनीयता, गलत अभ्यास र औषधिको आधारहीन बिक्रीलाई ध्यानमा राखेर यो निर्णय गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
एक रिपोर्टअनुसार नयाँ औषधि, मेडिकल ग्याजेट, कस्मेटिक बिलको विषयमा अहिले भारतमा अन्तरमन्त्रालय स्तरीयय परामर्श भइरहेको छ। जसका कारण सरकारले अनलाइनबाट औषधि खरिद गर्न बन्द गर्ने अनुमान गरिएको छ। यो नयाँ निर्णयले १९४० को अवस्थित ड्रग्स र कस्मेटिक्स ऐनलाई प्रतिस्थापन गर्न सक्छ।
सरकारले अब अनलाइन फार्मेसी सञ्चालनमा ध्यान दिन चाहेको बताईएको छ। सरकारले डाक्टरको प्रिस्क्रिप्शनको दुरुपयोगलाई पनि नियन्त्रण गर्न चाहन्छ ताकि बिरामीको डाटा र गोपनीयता गलत हातमा नपरोस्।
ई-फार्मेसी एपले औषधिको खपतसँग सम्बन्धित क्षेत्र अनुसार डाटा क्याप्चर गर्दछ। यसले बिरामीको सुरक्षालाई जोखिममा पार्न सक्छ। यो नियमलाई भारतीय केन्द्रिय मन्त्रीहरुको समूहले सहमति दिएको बताईएको छ।
यसअघि नै भारतमा केही लोकप्रिय फार्मेसी एपहरूले फेब्रुअरीमा ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) बाट कारण देखाउ सूचनाहरू प्राप्त गरे। सूचना आचारसंहिता उल्लङ्घन गरेको आरोपमा भएको उल्लेख छ।
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार