एप्पल आपूर्तिकर्ता फक्सकनले एयरपड्स फ्याक्ट्री निर्माण गर्न भारतमा २०० मिलियन डलर लगानी गर्ने

  • Technology Khabar | २ चैत्र २०७९, बिहीबार
एप्पल आपूर्तिकर्ता फक्सकनले एयरपड्स फ्याक्ट्री निर्माण गर्न भारतमा २०० मिलियन डलर लगानी गर्ने

काठमाडौं ।

ताइवानको एप्पल आपूर्तीकर्ता फक्सकनले एयरपड्स निर्माण गर्ने ठेक्का प्राप्त गरेको छ। यसका लागि फक्सकनले भारतमा २०० मिलियन अमेरिकी डलर लगानी गर्नेछ। यस विषयमा फक्सकन र एप्पलको तर्फबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको रोयटर्सले उल्लेख गरेको छ।

फक्सकन संसारको सबैभन्दा ठूलो इलेक्ट्रोनिक कन्ट्रयाक्टर हो। जसले ७० प्रतिशत आईफोन निर्माण गर्छ। अहिले कम्पनीलाई पहिलो पटक एयरपड्सको ठेक्का प्राप्त भएको हो। एयरपड्स चीनका उत्पादकहरुले निर्माण गर्दै आइरहेका छन्। फक्सकनले एयरपोड्स निर्माण गर्नका लागि भारतको तेलंगानामा प्लान्ट स्थापना गर्नेछ।

भारतमा एप्पल उत्पादनको निर्माण फक्सकनका साथै विस्टर्न कर्प र पेगाट्रोन कर्पले गर्दै आइरहेका छन्। फक्सकनको नयाँ प्लान्टबाट २०२४ को अन्त्यसम्म एयरपड्स उत्पादन हुने विश्वास गरिएको छ।

यस महिनाको शुरुमा आएको रिपोर्ट अनुसार फक्सकन ग्रुप भारतमा ७०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजनामा छ। यो लगानी चीनबाट हुने उत्पादन भारतमा सिफ्ट गर्ने रणनीतिको एक हिस्सा हो। हाल एप्पलको आईफोन सहित अन्य उत्पादनको निर्माण वासिङटन र बेजिङमा हुँदै आइरहेको छ। तर फक्सकन एप्पलको उत्पादन पूर्ण रुपमा भारतमा ल्याउने तयारीमा छ।

बैंगुलरु एयरपोर्ट नजिक ३०० एकडमा फक्सकनले नयाँ प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ। यस प्लान्टबाट एप्पलको हेडसेट असेम्बल गरिनेछ। साथै यस प्लान्टको प्रयोग इलेक्ट्रिक भेहिकल उत्पादनका लागि पनि गरिनेछ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार