
काठमाडौं ।
नक्कली सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २४ वर्षीय पारस साह तुराह रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
उनको साथबाट प्रहरीले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र बरामद गरेको छ। पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ।
साहले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र लाई ए, बी, र सी वर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आएको प्रहरीको आरोप छ।
प्रकाशित: २ चैत्र २०७९, बिहीबार