Technology Khabar २ चैत्र २०७९, बिहीबार
काठमाडौं ।
सामसङले मिड–रेञ्ज जोडी ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ आधिकारिक रुपमा अनावरण गरेको छ।
१२० हर्ज रिफ्रेस रेट र भिजन बूस्टर सपोर्ट गर्ने ६.४ इन्चको १०८०पी सुपर एएमओएलईडी प्यानल सामावेश गरिएको ग्यालेक्सी ए५४ फोन सानो रहेको बताइएको छ। ग्यालेक्सी ए५४ को (मेजरमेन्ट) मापन १५८.२x ७६.७x ८.२ एमएम र तौल २०२ ग्राम छ।
ग्यालेक्सी ए३४ मा भने ६.६ इन्चको ठूलो सुपर एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। साथै यस डिस्प्ले प्यानलले १०८०पी रिजोलुसन, १२० हर्जको रिफ्रेस रेट र भिजन बूस्टर पनि कायम राखेको उल्लेख गरिएको छ। यस फोनको (मेजरमेन्ट) मापन १६१.३x७८.१x८.२एमएम रहेको र यसको तौल १९९ ग्राम रहेको बताइएको छ।
ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ को यस जोडी धूलो र पानीको सुरक्षाका लागि आईपी६७ रेटिङबाट प्रमाणित हुनुका साथै २५ वाटको चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री पनि समावेश गरिएको छ।
सामसङ ग्यालेक्सी ए५४ मा ५० मेगापिक्सेल एफ/१.८ को मुख्य क्यामेरा, १२ मेगापिक्सेल एफ/२.२ को फिक्स्ड–फोकस अल्ट्रावाइड शूटर र ५ मेगापिक्सेल एफ/२.४ को म्याक्रो क्यामेरा समावेश गरिएको छ। साथै यस फोनमा ३२ मेगापिक्सेल एफ/२.२ को सेल्फी क्यामेरा पनि रहेको छ।
सामसङ ग्यालेक्सी ए३४ मा ४८ मेगापिक्सेल एफ/१.८ को मुख्य क्यामेरा, ८ मेगापिक्सेल एफ/२.२ को अल्ट्रावाइड युनिट र ५ मेगापिक्सेल एफ/२.४ को म्याक्रो शूटर समावेश गरिएको छ। साथै यस फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि छ।
ग्यालेक्सी ए५४ मा ५एनएम एक्सनोस १३८० चिपसेट समावेश गरिएको र ग्यालेक्सी ए३४ मा ६एनएम मिडियाटेक डाईमेन्सिटि १०८० रहेको छ। यस फोनहरु ६जीबी वा ८जीबी र्याम र १२८जीबी वा २५६ जीबी (विस्तार गर्न सकिने) स्टारेजको साथ उपलब्ध भएको उल्लेख गरिएको छ।
ग्यालेक्सी ए३४ लाइम, ग्रेफाइट, भायोलेट र सिल्भर गरि चार भिन्न रङ्गहरुमा उपलब्ध भएको र यसको ६/१२८जीबी मोडलको मूल्य ३९० यूरो रहेको छ। साथै यसको ४६० यूरो मूल्य पर्ने ८/२५६जीबी मोडल सेलका कारण ४०९ यूरामो पाइने छ।
ग्यालेक्सी ए५४ पनि लाइम, ग्रेफाइट, भायोलेट र सेतो मा गरि चार भिन्न रङ्गहरुमा उपलब्ध भएको र यसको ६/१२८जीबी मोडलको मूल्य ४९० यूरो रहेको छ। साथै यसको ५४० यूरो मूल्य पर्ने ८/२५६जीबी मोडल सेलका कारण ४९० यूरोमा पाइने छ।
यस महिनादेखि उक्त फोनहरू युरोप र एसियाको बजारमा आउने बताइउको छ।
प्रकाशित: २ चैत्र २०७९, बिहीबार