
काठमाडौं ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ।
कम्पनीकाअनुसार विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना बिजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन्।
सोही क्याम्पेनको अवधि चैत १ देखि २०८० जेठ २ सम्म जम्मा ६२ दिनका लागि लागु हुने जानकारी दिएको छ।
उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ।
अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने कम्पनीले जनाएको छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार