
काठमाडौं ।
निद्राले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ। डाक्टरहरूले सामान्यतया दैनिक ८ घण्टा सुत्नका लागि सल्लाह दिन्छन्, तर चकित पार्ने जानकारीले पत्ता लगाएको छ कि धेरैजसो मानिसहरूले हरेक रात लगभग पर्याप्त निन्द्रा पाउँदैनन्।
शोधकर्ताहरूले एप्पल हार्ट र मुभमेन्ट स्टडीको डाटा प्रयोग गरेर यो जानकारी दिएका हुन्। अमेरिकाको ब्रिघम एण्ड वुमेन्स हस्पिटलले यस महिना प्रकाशित गरेको यो अध्ययन ४२,००० भन्दा बढी एप्पल वाच प्रयोगकर्ताहरूको ‘स्लिप डाटा’मा आधारित छ।
एबीसी न्यूजले आफ्नो रिपोर्टमा ब्रिघम एण्ड वुमेन्स हस्पिटलका अनुसन्धानकर्ताहरूले एप्पल वाच प्रयोगकर्ताहरूको २९ लाखभन्दा बढी रातिको निद्राको विश्लेषण गरेको बताएको छ। अनुसन्धानकर्ताहरूले पाएको जानकारी चकित पार्ने किसिमको छ। ३१ प्रतिशतले मात्रै राति कम्तीमा ७ घण्टा सुत्ने गरेको पाइएको छ। रिपोर्टकाअनुसार एक स्वस्थ वयस्कलाई एक रात कम्तिमा ७ घण्टा सुत्न आवश्यक छ।
सन् २०१९ मा एप्पलले यो अध्ययन घोषणा गरेको थियो जस मार्फत शोधकर्ताहरुले एप्पल हार्ट एण्ड मुभमेन्ट स्टडी मार्फत डाटा संकलन गरेका थिए। जब शोधकर्ताहरूले यो डाटा प्रयोग गरे, उनीहरूले धेरै संख्याहरू पाए। यद्यपि यी तथ्याङ्कहरूले अमेरिकी जनताको दैनिक दिनचर्या देखाउँदछ, तर विश्वभरका मानिसहरू कसरी कम सुतिरहेका छन् र यसको प्रभाव भविष्यमा उनीहरूको स्वास्थ्यमा पर्न सक्छ भन्ने एक अनुमान मात्र निश्चित रूपमा उपलब्ध छ।
अध्ययनको विश्लेषण गर्दा शोधकर्ताहरूले पत्ता लगाए कि ६६.४% मानिस साताको दिन अर्थात सोमबारदेखि शुक्रबार मध्यरातमा १२ बजेभन्दा अगाडि सुत्छन्, तर सप्ताहन्तमा अर्थात शनिबार-आइतबारमा यो संख्या घटेर ५६.६ प्रतिशतमा झरेको छ। वाशिंगटनमा सबैभन्दा बढी ३८.३ प्रतिशत ७ घण्टाभन्दा बढी सुत्ने मानिस थिए भने हवाईमा ७ घण्टाभन्दा बढी सुत्ने मानिसको संख्या सबैभन्दा कम थियो।
अध्ययनमा संलग्न कुल ४२,४५५ व्यक्तिको निद्रा अनुपात प्रति व्यक्ति औसत निद्रा समय प्रति रात ६ घण्टा २७ मिनेट थियो। अर्कोतर्फ, अमेरिकन हार्ट एसोसिएसनले हरेक रात ७ देखि ९ घण्टा सुत्न सुझाव दिएको छ। यसभन्दा कम सुत्नेहरूले तनाव, मोटोपना, उच्च रक्तचाप, चिनी, कोलेस्ट्रोलको मात्रा बढ्नुका साथै मुटुसम्बन्धी रोगहरू जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन्छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार