आधाभन्दा बढीले भरे राष्ट्रिय परिचयपत्रको विवरण

  • Technology Khabar | १ चैत्र २०७९, बुधबार
आधाभन्दा बढीले भरे राष्ट्रिय परिचयपत्रको विवरण
फाइल तस्बिर

काठमाडौं ।

धनकुटाको कुल जनसङ्ख्याको आधाभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका छन्।

२०७९ माघ महिनासम्म ८८ हजार १०५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो धनकुटाको कुल जनसङ्ख्याको पचास प्रतिशतभन्दा बढी हो।

२०७८ सालको जनगणनाअनुसार धनकुटाको कुल जनसङ्ख्या एक लाख ४९ हजार ९८६ रहेको छ। २१ हजार ३५ जनाले जिल्ला प्रशासन कार्यालयबाट विवरण भरेका छन्। जिल्ला प्रशासन कार्यालयले टोलटोलमा सञ्चालन गरेको अभियानबाट ६७ हजार ७० जनाले विवरण भरेको जिप्रका धनकुटाले जनाएको छ।

धनकुटामा परिचयपत्रको विवरण सङ्कलन गर्नका लागि २०७७ साल साउन १ गते निर्णय गरिएको थियो। साउन ७ गतेदेखि विवरण सङ्कलन सुरु गरिएको थियो।

विवरण भर्नेहरू कसैले पनि हालसम्म परिचयपत्र प्राप्त गरेका छैनन्। धनकुटामा परिचयपत्रको वितरण सुरु नभएको प्रशासकीय अधिकृत अङ्कित मङ्ग्रातीले जानकारी दिए।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्मको व्यक्तिगत घटनाको सम्पूर्ण विवरण समावेश हुने उनको भनाइ छ।

प्रकाशित: १ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार