
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को माघमा क्यूआरबाट १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ।
नेपाल राष्ट्र बैंकले माघ मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मा क्यूआरबाट १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको देखिएको हो।
माघ महिनामा क्यूआरबाट ५७ लाख ८२ हजार २६५ पटक कारोबार भएको छ।
चालु आवको पुसमा १७ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
पुसको तुलनामा माघमा क्यूआरबाट हुने भुक्तानी ७३ करोड ३० लाख रुपैयाँले बढेको देखिन्छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार