
काठमाडौं ।
इलेक्ट्रोनिक्स जायण्ट ह्वावे अवतार नामक इलेक्ट्रिक कार ब्रान्डसँग संलग्न रहेको छ। कम्पनीको एउटा रोचक इतिहास पनि रहेको छ। यस कम्पनीलाई सन् २०१८ मा निओ र चाङ्गन मिलेर स्थापना गरेका थिए। तर निओको हिस्सेदारी घटेपछि भने कम्पनी अन्ततः बाहिरिएको थियो। निओलाई प्रतिस्थाप गरेको सीएटीएलको स्वामित्वमा १७ प्रतिशत भन्दा केही बढी र चाङ्गनको भने कम्पनीको लगभग ४१ प्रतिशत मा कब्जा गरेको उल्लेख गरिएको छ।
चाखलाग्दो पक्ष यहाँ के रहेको छ भने ह्वावेको अवतारमा आधिकारिक रूपमा कुनै सेयर नभएको उल्लेख गरिएको छ। यद्यपी ह्वावेले कम्पनीद्वारा निर्मित गाडीहरूको लागि पूर्ण प्लेटफर्म प्रदान गर्ने गरेको र आधिकारिक रूपमा अवतार ब्रान्डको हिस्सा भएको उल्लेख गरिएको छ। अहिले सम्म यसको अवतार ११ भनिने इलेक्ट्रिक एसयूभीको एउटै मात्र मोडल रहेको र यस मोडललाई ह्वावेले आफ्नै शोरूमको नेटवर्क मार्फत बिक्री गरेको बताइएको छ।
हालैको डिजाइन पेटेन्ट फाइलिङले अवातारको दोस्रो गाडीको खुलासा गरेको छ। उक्त भेहिकल स्पष्ट रुपमा एक इलेक्ट्रिक सेडान भएको बताइएको छ। साथै यस नयाँ मोडलको अगाडि र पछाडिको दुबै भाग लगभग अवतार ११ एसयूभीको जस्तै समान डिजाइनमा रहेको बताइएको छ। अवतार१२लाई आफ्नो सिबलिङको (दाजुभाइ) फ्ल्याटर भर्सन रहेको बताइएको छ।
उक्त दुई गाडीहरुमा ह्वावेले उपलब्ध गराउने पावरट्रेन्स समावेश गरिने चीनका विभिन्न स्रोतहरूले पुष्टि गरेको बताइएको छ। चीनका विभिन्न स्रोतहरूले पुष्टि गरेका छन्। उक्त दुई इलेक्ट्रिक मोटरहरुको कुल आउटपुट ५७८एचपी (४२५केडब्लु) रहेको उल्लेख गरिएको छ। साथै त्यहाँ दुईवटा ब्याट्रीहरूको अप्सन पनि हुने बताइएको छ। ९०केडब्लुएच र ११६केडब्लुएचको दुबै ब्याट्रीहरू सीएटीएलले आपूर्ति गर्ने बताइएको छ। अवतार ११ले ह्वावेको हारमोनी ओएसमा सञ्चालन हुने र ल्याटेस्ट ईपी१ प्लेटफर्मको पूर्ण लाभ उठाउने अपेक्षा गरिएको छ।
अवतार १२ को एसयूभी काउन्टरपार्टले समान ब्याट्री प्याकहरू प्रयोग गर्ने भएकाले अवतार १२ को अपेक्षित ड्राइभिङ रेञ्ज बारे अनुमान गर्न पनि सकिने बताइएको छ। सानो ब्याट्री प्याकले ५५५ किलोमिटर सीएलटीसी रेञ्ज प्रदान गर्ने र ठूलो ब्याट्रीले ६८० किलोमिटरको रेञ्ज प्रदान गर्ने उल्लेख गरिएको छ। अवतार १२ को अधिक एयरो–मैत्री सिल्हूटले गर्दा त्यो भन्दा अझ राम्रो पर्फमेन्स गर्ने बताइएको छ।
अवतार १२ पहिले नै हाईली एडभान्स्ड परीक्षणको चरणहरूमा रहेको बताइएको छ। उक्त परीक्षण कारहरू चीनका विभिन्न स्थानहरूमा देखिनुका साथै फोटोग्राफरहरूले कारको इन्टेरियरको पनि केही फोटोहरु खिचेको उल्लेख गरिएको छ। यस नयाँ सेडानको डिजाइन ल्याङ्गवेज स्पष्ट रूपमा अवतार ११ को जस्तै रहेको बताइएको छ। यस सेडानमा अवतार ११ को जस्तै उस्तै लाइनहरू, उही स्टीयरिङ ह्वील र विशाल सेन्टर्ड स्क्रिनको समावेश गरिएको बताइएको छ।
अवतार १२ को पूर्व–उत्पादन संस्करण आधिकारिक रूपमा अर्को महिना शंघाई अटो शोमा अनावरण गरिने छ। साथै यस नयाँ सेडानको डेलिभरी यस वर्ष भित्र नै शुरु हुने भन्ने कुरामा कम्पनी विश्वत रहेको उल्लेख गरिएको छ। यसको सबैभन्दा महँगो संस्करणलाई ४०९,९०० आरएमबी (५८,८०० अमेरिकी डलर) पर्ने भए तापनि गत डिसेम्बर देखि आफ्नो बिक्री शुरु गरेको अवतार ११ ले केवल ३,४४२ युनिटहरू बिक्री गरेको बताइएको छ। तर्सथ सेडानको यस नयाँ संस्करणको बिक्रीमा भने केही सुधारको अपेक्षा गरिएको छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार