भारतमा कोमाकीको इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य १ लाख ३७ हजार ५०० भारु

  • Technology Khabar | १ चैत्र २०७९, बुधबार
भारतमा कोमाकीको इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य १ लाख ३७ हजार ५०० भारु

काठमाडौं ।

इलेक्ट्रिक टू-व्हीलर निर्माता, कोमाकीले भारतमा आफ्नो प्रिमियम इलेक्ट्रिक स्कुटर, कोमाकी एलवाई प्रो लन्च गरेको छ। यस इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ३७ हजार ५०० भारु (एक्स-शोरूम) तोकिएको छ।

कोमाकी एलवाई प्रोको सबैभन्दा आकर्षण विशेषता यसको ट६२भी३२एएच को डुअल ब्याट्री हो। यसलाई बाहिर निकालेर चार्ज गर्न सकिन्छ। यो ब्याट्री एक साथ ४ घण्टा ५५ मिनटमा ० से १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

कोमाकी एलवाई प्रो की टीएफटी स्क्रीन अनबोर्ड नेभिगेसन, साउन्ड सिस्टम, ब्लूटूथ, कलिङ विकल्प तथा अन्य रेडी–टू–राइड लगायत एडभान्स फिचर्सबाट सुसज्जित छ।

कोमाकी एलवाई प्रोमा उत्कृष्ट स्कुटिङ अनुभवका लागि रीजेन प्रविधिका साथ तीन गियर मोड–ईको, स्पोर्ट्स र टर्बो दिएको छ। यस जेनरेसनको इलेक्ट्रिक स्कुटरमा एलईडी फ्रन्ट विन्कर्स, ३००० वाटका हब मोटर÷३८ एएमपी कन्ट्रोलर, पार्किङ असिस्ट, क्रूज कन्ट्रोल र रिभर्स असिस्ट दिइएको छ।

कोमाकी एलवाई प्रोको टप स्पीड ५८–६२ किलोमिटर प्रति घण्टा छ। उकालोमा स्किडिङ रोकनका लागि इलेक्ट्रिक स्कुटरमा एडभान्स एन्टी–स्किड प्रविधिको प्रयोग गरिएको छ।

सुरक्षा सुनिश्चित गर्नका लागि स्कुटरमा १२ इन्च के ट्यूबलेस टायर दिइएको छ। कोमाकी एलवाई प्रो भारत भर कम्पनीको सबै अधिकृत डीलरशिपमा उपलब्ध छ। स्कुटरको बुकिङ वेबसाइट वा डिलरशिपबाट गर्न सकिन्छ।

प्रकाशित: १ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...