सामसङ एक्सनोस २३०० को स्पेक्स लीक

Technology Khabar १ चैत्र २०७९, बुधबार

काठमाडौं ।

सामसङले यस वर्ष एक्सनोस संस्करणको आफ्नो फ्ल्यागशिप स्मार्टफोनहरूलाई (स्किप) छोडेको बताइएको छ। एस२२ र अघिल्लो मोडेलहरूको विपरीत, ग्यालेक्सी एस२३ सिरिजका सबै संस्करणहरूमा स्न्यापड्रागन ८ जेन २ एसओसी प्याक समावेश गरिएको बताइएको छ। साथै सामसङले एक्सनोस २३००लाई लाइनअपमा इन्टग्रेट नगरी सही छनौट गरेको भन्ने धेरैको राय रहेको गीजचाइनाले उल्लेख गरेको छ।

यद्यपि, सामसङले पहिलको भन्दा धेरै शक्तिशाली चिप ल्याउनको लागि गुगलसँग मिलेर काम गरिरहेको भन्ने अफवाहहरू पनि छ। साथै सामसङ र गुगलले एक्सनोस २३०० चिपमा मिलेर काम गरिरहेको हुन सक्ने सम्भवना रहेको अपक्षा गरिएको छ। उक्त चिपको बारेमा हालै मात्र एउटा लीक देखा परेको र सो लीकले चिपबाट के आशा गर्ने सकिन्छ भन्ने संकेत पनि प्रदान गरेको उल्लेख गरिएको छ।

एक्सनोस २३०० को लीक भएका कोर स्पेक्स

एक टिपस्टरले भर्खरै मात्र एक्सनोस २३०० एसओसीको केर्नेल इन्फर्मेसन (जानकारी) लीक गरेको बताइएको छ। चिपमा क्वाड्रा कोडनेम फिचर गरिनुका साथै १+४+४ कोर कन्फिगरेसन अपनाइएको लीकले जानकारी दिएको उल्लेख गरिएको छ। अर्को शब्दमा भन्नु पर्दा उक्त चिपसेट ४ ओटा पर्फमेन्स कोर, ४ ओटा इफिसेन्सी कोर र एउटा कोरटेक्स–एक्स३ सुपर कोर संग आउने बताइएको छ।

एक्सनोस २३००को कोरटेक्स–एक्स३ सुपर कोर मुख्य आकर्षण रहेको उल्लेख गरिएको छ। साथै यस विशेष कोरले ३.०९ गीगाहर्जको अधिकतम क्लक स्पिड प्रदान गर्ने स्पष्ट रूपमा दाबी गरिएको छ। यही क्लक स्पिडको मूल कारणले गर्दा नयाँ चिपले क्वालकमको वर्तमान फ्ल्यागशिप एसओसी विरुद्ध प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरिएको छ।

त्यसैगरी पर्फमेन्स कोरहरूमा २.६ गीगाहर्ज कोरटेक्स–ए७१५ फिचर गरिने र एक्सनोस २३०० को कोरटेक्स–ए५१० कोर २.१ गीगाहर्जमा क्लक गरिने बताइएको छ।

साथै उक्त लीकले चिपको अन्य पक्षहरूको बारेमा पनि जानकारी प्रदान गरेको बताइएको छ। अघिल्लो इटिरेसन जस्तै एक्सनोस २३०० पनि कस्टम–डिजाइन गरिएको एएमडी आरडीएनए २ आर्किटेक्चरको साथ आउने र चिपसेटको जीपीयू सामसङ एक्सक्लिप ९३० डब गरिने बताइएको छ।

यो सबै भन्दै गर्दा सामसङले नयाँ एक्सनोस चिपमा २३०० नामकरण छोड्न सक्ने (चान्स) मौका पनि रहेको उल्लेख गरिएको छ। यसको सट्टा, दक्षिण कोरियाली जायन्टको अर्को चिपमा एक्सनोस २५०० मोडल फिचर हुन सक्ने बताइउको छ। साथै उक्त मामलामा एसओसीले नयाँ एनपीयू सुसज्जित गर्ने उललेख गरिएको छ।

प्रकाशित: १ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया