सामसङ तेस्रो-जेन ४ एनएम चिपसेटको मास उत्पादन शुरु गर्न तयार

Technology Khabar १ चैत्र २०७९, बुधबार

काठमाडौं ।

सामसङ सेमीकन्डक्टरले तेस्रो–जेनको ४एनएम चिपसेट सेटको मास उत्पादन शुरु गर्न अनुमति प्राप्त गरेको कोरियाका स्रोतहरूले खुलासा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ। कम्पनीले नयाँ पुस्ताका चिपसेटहरूको सन्तोषजनक वेफर यिल्ड हासिल गर्न सफल भएको छ र यसबाट बिजुली खपत कम गर्न मद्दत हुनेछ।

उत्पादन प्रक्रिया २०२३ को पहिलो अर्धवार्षिकमा शुरु हुने अपेक्षा गरिएको छ। यसका लागि अब तीन महिना बाँकी छ।

ह्वासियोंग कारखानामा सिंगल वेफरमा उत्पादन अत्यन्तै कम थियो। यस कारण क्वालकमसँग चिप कम्पनी टीएसएमसीलाई ४एनएम प्लेटफर्महरूको लागि सम्झौता गर्न पेरित गर्यो। ताइवानी कम्पनीसँग लगभग ७०–८० प्रतिशत प्रयोगयोग्य वेफरहरू थिए, सामसङ ६० प्रतिशतमात्रै पुग्न सफल भयो, र निर्माताहरूले सम्पूर्ण वेफरको भुक्तानी गर्नु पर्ने हुन्छ। निर्माताका लागि कम फोहोर उत्पादनसँग जानु अधिक व्यावहारिक हुन्छ।

एडभान्स प्रोसेस टोक्नोलोजिमा अर्को छलांग ३एनएम हो। र, एप्पलले आफ्नो आईफोन १५ प्रो डिभाइसमा ३एनएम प्लेटफर्महरूसँग शुरू गर्ने अपेक्षा गरिएको छ। बिजनेस कोरियाले काउन्टरपोइन्टद्वारा गरिएको अनुसन्धानलाई उद्धृत गरेको छ, जसले ४एनएम र ५एनएम प्रोसेस २२ प्रतिशत मोबाइल डिभाइसमा सबैभन्दा अधिक प्रयोग हुने गरेको छ। त्यसपछि ६एनएम र ७एनएम चिप १६ प्रतिशतमा छन्।

४एनएम चिप्सको उत्पादन भविष्यमा अझ बढ्ने अपेक्षा गरिएको छ, किनकि सामसङ र टीएसएमसी दुबै संयुक्त राज्यमा प्लान्टहरू निर्माण गर्दैछन्। यो २०२४मा सञ्चालनको लागि तयार हुनेछ।

प्रकाशित: १ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया