अमेरिकामा रिफर्बिस्ड आईफोन १३ मोडल बेच्दै एप्पल

  • Technology Khabar | ३० फाल्गुन २०७९, मंगलवार
अमेरिकामा रिफर्बिस्ड आईफोन १३ मोडल बेच्दै एप्पल

काठमाडौं ।

एप्पलले केही महिना अगाडि आईफोन १४ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको थियो। कम्पनीले यस नयाँ लाइनअप बजारमा बिक्रीको लागि उपलब्ध गराएसँगै कम्पनीले अघिल्लो पुस्ताको आइफोन १३ सिरिजका केही मोडलहरू बिक्री गर्न बन्द गरेको थियो।

कुपर्टिनो–बेस्ड टेक्नोलोजी जायन्टले अब आफ्नै अनलाइन स्टोरबाट संयुक्त राज्य अमेरिकामा आईफोन १३ सिरिजको एउटा बाहेक सबै मोडलहरू रिफरबिस्ड भर्सनमा बिक्रीको लागि उपलब्ध गराएको छ।

एप्पलले संयुक्त राज्य अमेरिकामा आफ्नो अनलाइन स्टोर मार्फत रिफरबिस्ड आईफोन १३, आईफोन १३ प्रो, र आईफोन १३ प्रो म्याक्स स्मार्टफोनहरू बेच्न शुरु गरेको छ। साथै उक्त डिभाइसहरुको मूल्यमा छुट पनि दिइएको बताइएको छ।

स्ट्यान्डर्ड मोडल, प्रो मोडल र प्रो म्याक्स मोडल क्रमशः ६१९ अमेरिकी डलर, ७५९ अमेरिकी डलर र ८४९ अमेरिकी डलरको मूल्यमा उपलब्ध रहेको उल्लेख गरिएको छ।

एप्पल आईफोन १३ लाईनअप पहिलो पटक २०२१ को सेप्टेम्बरमा प्रस्तुत गरिएको थियो। साथै कम्पनीले संयुक्त राज्यमा यस लाईनअपको रिफरबिस्ड भर्सन बेचेको पनि यो पहिलो पटक भएको बताइएको छ। यद्यपि, एप्पलले युरोपेली बजारमा भने यस लाइनअपको रिफरबिस्ड भर्सन (नवीकरण गरिएको संस्करण) यस वर्षको सुरुवातमै बेच्न शुरु गरेको थियो। त्यसैगरी युरोपमा बिक्री भईरहेको १३ मिनी रिफरबिस्ड अप्सन अमेरिकामा पनि छिट्टै नै उपलब्ध हुने अपेक्षा गरिएको छ।

साथै अमेरिकाको लागि भनेर कम्पनीले यस लाईनअपको स्मार्टफोनहरू मल्टिपल कलर अप्सन र स्टोरेज क्यापासिटटजहरुमा प्रस्तुत गरेको बताइएको छ। यद्यपि, एप्पलले उपलब्ध भएको सामानहरु मात्र बेच्ने भएकाले यसको उपलब्धता वा स्टकमा उतारचढाव आउन सक्ने उल्लेख गरिएको छ। साथै (रिफरबिस्ड) नवीकरण गरिएका उक्त सबै आईफोनहरू नयाँ ब्याट्री, आउटर शेल र नयाँ यूएसबी–सीका साथै लाइटनिङ केबलको साथ बक्समा आउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...