
काठमाडौं ।
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालिले कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सम्मान गरेको छ। अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कम्पनिको कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त कम्पनिमा ३ बर्ष भन्दा बढि योगदान गरेका महिला कर्मचारीहरुलाई सम्मान गरेको हो।
इन्फोडेभलपर्समा सफ्टवेयर डेभलप्मेन्ट, प्लानिङ्ग, सेल्स, मार्केटिङ्ग, सपोर्ट लगायतका बिभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । सम्मान प्राप्त गर्ने कर्मचारीहरुमा अनु खड्का, बिन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ्ग, श्रीस्टिना नकर्मि, सुश्मिता राई रहेका छन्।
सम्मान प्राप्त गर्ने कर्मचारीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै वरिस्ठ इन्जिनियर निश्मा काफ्लेले नेपालकै अग्रणी कम्पनिमा काम गर्दा बिभिन्न प्रयोगात्मक कुरा हरु सिक्नुको साथै आफुलाइ आईसीटि क्षेत्रमा अब्बल बनाउदै लैजान कम्पनिले ठुलो भुमिका खेलेको बताईन्।
यस्तै गरी कम्पनीका प्रमुख सञ्चालन अधिकृत डा राजिब सुब्बाले अपोलो प्रोजेक्टका प्रमुख सफ्टवेयर इन्जिनियर,लगायतको उदाहरण दिँदै सुरुका दिनहरुमा सफ्टवेयर डेभलपमेन्ट, कोड लेख्ने काम महिलाहरुले गर्दै आएको मा हाल आईसीटिको क्षेत्रमा काम गर्ने महिलाहरुको संख्या कम हुँदै गएको बताए। विश्व बजारमा नै आईसीटि क्षेत्र मा २२ प्रतिसत महिलाले काम गर्दै आईरहेको इन्फोडेभलपर्समा भने कम्तिमा ३० प्रतिसत भन्दा बढि महिला कर्मचारिहरु हुनु आफैमा गौरवको विषय भएको समेत बताए । विभिन्न पेसामा जस्तै आईसीटि को क्षेत्रमा पनि महिलाहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने पनि बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशिले आफूले कहिले पनि कर्मचारी नियुक्त गर्ने बेलामा महिला र पुरुष भनेर कुनै तुलना नगर्ने बताए। कम्पनीमा कुनैपनि सेवा, सुविधा र जिम्मेवारीमा महिला र पुरुष भनेर भेदभाव नहुने पनि बताए।
इन्फोडेभलभर्सले आगामी २/३ बर्षमै महिला कर्मचारीहरुको संख्या ३५५ भन्दा माथि पुर्याउने लक्ष्य पनि राखेको छ।
प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार