
काठमाडौं ।
कम्पनीको कठिन परिस्थिति पश्चात चिनियाँ अटो जायण्ट गीलीले अधिग्रहण गरेको स्मार्टफोन ब्राण्ड मेइजुले अहिलो आफ्नो पुरानो साख पुनः प्राप्त गर्नको लागि प्रयासरत रहेको छ।
कम्पनी अहिले केही रफ्तारमा अघि बढ्नुका साथै यस वर्ष आफ्नो पहिलो फोल्डेबल फोन लन्च गर्नको लागि तयारीमा जुटिरहेको छ। बर्ष दिन भन्दा केही समय अघि मात्र आफ्नो सञ्चालनहरु सबै बन्द गर्ने बिन्दुमा पुगेको मेइजुको लागि यो एउटा टर्नअराउण्ड नै भएको उल्लेख गरिएको छ।
मेइजुले यस वर्षको अन्त्यसम्ममा आफ्नो फोल्डेबल रिलिज गर्ने एक भरपर्दो चिनियाँ टिपस्टर डिजिल च्याट स्टेशनले बताएका छन्। यद्यपि, उक्त फोन क्ल्यामशेल हुने छ वा होरिजन्टली फोल्ड गर्न सकिने सामसङ ग्यालेक्सी फोल्ड जस्तो हुन्छ भन्ने जस्ता यस फोनको फर्म फ्याक्टरको बारेमा कुनै पनि जानकारीहरु नभएको बताइएको छ।
त्यसैगरी गीलीको स्रोतहरूले मेइजुलाई स्पष्ट रूपमा फस्टाउन दिइरहेको उल्लेख गरिएको छ। साथै डिजिटल कार की अनलकिङले लगानीलाई औचित्य दिने भएकोले कम्पनीको ईभीसँग पनि गहिरो इन्टिग्रेसन भएको अनुमान गर्न सकिने जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार