मोटोरोला एज ४० प्रो को फोटोहरु सार्वजनिक, मोटो एक्स ४० जस्तै देखिने

  • Technology Khabar | २५ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ।

गत महिना मोटोरोला एज ४० प्रो स्न्यापड्रागन ८ जेन २ चिपसेट सहित गीकबेन्च र गुगल प्ले कन्सोलमा देखा परेको थियो। साथै ती दुवै अवसरहरूले यस फोनलाई डिसेम्बरको मोटो एक्स४० को ग्लोबल भर्सन हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

लीकस्टार इभान ब्लासले फोनको रेन्डर र छोटो भिडियोहरू सेयर गरेसँगै यसको कनेक्सन अब अझै निश्चित भएको देखिएको उल्लेख गरिएको छ। साथै उक्त फोनको (लुक्स) अनावरण अनुसार फोन एज ४० प्रो को मोटोरोला डट कमको पेजमा सम्बन्धित भएको बताइएको छ। अमेरिकामा नामकरण स्किम भने अलि फरक रहेको हुनाले यस फोनलाई मोटो एज प्लस(२०२३) को रूपमा देखिने सम्भावना रहेको बताइएको छ।

एउटा भिडियोले डिस्प्लेको रिफ्रेस रेट १६५ हर्जको भएको उल्लेख गरेको र वास्तवमा नै एक्स४० को हाइलाइटहरू मध्ये यो फिचर एक भएको उल्लेख छ। साथै १०–बिट ओएलईडी प्यानल सहितको उक्त ६.७ इन्चको डिस्प्लेमा १,०८०ह२,४०० रिजोल्युसन (२०ः९) भएको र कर्भ्ड साईडहरु पनि रहेको उल्लेख गरिएको छ।

त्यसैगरी फोनमा एसडी ८ जेन २ चिपसेटका साथै १२जीबी सम्मको र्याम (जीपीसी को डाटामा आधारित) समावेश गरिएको छ। फोनमा समावेश गरिएको ४,६००० एमएएच पावर सेल/ब्याट्रीले १२५वाट फास्ट वायर्ड चार्जिङ र १५वाट वायरलेस चार्जिङ सपोर्ट गर्नेछ। गत वषर्को एक्स३० र एज ३० प्रो बीच केही भिन्नता रहेको थियो।

एक्स४० (मोटो एज ४० प्रो–पूर्वअनुमान अनुसार) मा ५० मेगापिक्सेलको मुख्य क्यामरा (१/१.५५” सेनसर, ओआईएस), ५० मेगापिक्सेलको अल्ट्रा वाइड (११७ डिग्री) र १२ मेगापिक्सेलको जूम क्यामरा (२एक्स) समावेश गरिएको छ। त्यसैगरी सेन्टर्ड पन्च होल भित्र ६० मेगापिक्सेलको सेल्फि क्यामरा पनि समावेश गरिएको छ।

साथै यस फोनमा स्टेरियो स्पिकर्स (डल्बी अडियो) पनि रहेको छ। आईपी६८ रेटेड एक्स ४० वाटर रेजिस्टेन्ट पनि रहेको उल्लेख गरिएको छ।

यद्यपी एज ४० प्रो विश्वव्यापी रुपमा कहिले सार्वजनिक गरिने हो भन्नेमा मोटोरोलाबाट कुनै आधिकारीक घोषणा भएको छैन्।

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया