रियलमीले फोल्डेबल स्मार्टफोन लाइनअप ल्याउने योजनामा

  • Technology Khabar | २५ फाल्गुन २०७९, बिहीबार
रियलमीले फोल्डेबल स्मार्टफोन लाइनअप ल्याउने योजनामा

काठमाडौं ।

यस वर्ष ग्लोबल फोल्डिङ फोनको बजार एकदमै तातिरहेको अवस्थामा रियलमी पनि अन्ततः आफ्नै अफरिङहरुका साथ फोल्डिङ फोनको ग्लोबल बजारमा सामेल हुने तयारीमा लागि रहेको छ।

रियलमी भीपी एण्ड रियलमी इन्टरनेसनलका अध्यक्ष माधव सेठले ट्विटरमार्फत आफ्ना फलोअरहरूलाई ‘ब्रान्डबाट तपाईँहरु फ्लिप–स्टाइल क्ल्यामसेल फोल्डेबल (रियलमी फ्लिप) वा ठूलो किसिमको बुक–स्टाइल फोल्डिङ फोन (रियलमी फोल्ड) रुचाउनुहुन्छ’ भनेर सोधेका थिए।

रियलमीको फोल्डिङ फोनको महत्वाकांक्षाहरूको बारेमा अफवाहहरू चलिरहेको वर्षौं दिन भईसकेको छ तर ब्रान्ड बजारबाट स्पष्ट रुपमा टाढा रहेर त्यसको सट्टामा प्रयोगकर्ताहरूको ठूलो समूहमा पुग्नको लागि नियमित स्ल्याब फोनहरू विकास गर्नमा केन्द्रित भएको उल्लेख गरिएको छ।

रियलमीले आफ्नो पहिलो फोल्डेबल रिलीजको लागि कस्तो योजना तयार पारेको छ भनेर हेर्न भने बाँकी नै रहेको छ।

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार