Technology Khabar २५ फाल्गुन २०७९, बिहीबार
काठमाडौं ।
रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी सी५५ मंगलबार लन्च गरेको छ। रियलमी सी५५ कम्पनीको पहिलो यस्तो स्मार्टफोन हो, जुन आईफोन १४ प्रोको डाइनामिक आईल्याण्ड जस्ता विशेषताहरूसँग आउँदैछ। कम्पनीले यसलाई मिनी क्याप्सुल नाम दिएको छ।
यो फिचरअन्तरगत, फोनको डिस्प्लेमा पञ्च-होल कटआउट दिइएको छ, जुन चार्जिङ, ब्याट्री फुल हुने जस्ता नोटिफिकेसनहरू सहित ठ्याक्कै डायनामिक आइल्याण्ड जस्तै बन्न पुग्छ।
रियलमी सी५५ को डिस्प्लेको रिफ्रेस रेट ९० हर्ज छ। फोनको अगाडि पञ्च-होल कटआउट दिइएको छ। फोनमा डुअल रियर क्यामरा सेटअप छ, जसमा ६४ एमपी प्राइमरी क्यामरा र २ एमपी डेप्थ सेन्सर दिइएको छ। फोनको अगाडि ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ। चार्ज गर्नका लागि यूएसबी टाइप-सी पोर्ट दिइएको छ। फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर पनि छ। उपकरणमा ३.५ एमएम अडियो ज्याक र स्पिकर ग्रिल पनि छ।
रियलमी सी५५ को मूल्य
रियलमी सी५५ को मूल्य आरपी २,४९९,००० (लगभग २१,३०० रुपैयाँ) हो। यो मूल्य फोनको ६जीबी र्याम र १२८ जीबी भण्डारण संस्करणको लागि हो। फोनको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट पनि छ। यो फोन हाल इन्डोनेसियामा मात्र लन्च गरिएको छ, तर यो चाँडै नेपालसहितका अन्य देशहरूमा पनि लन्च हुनसक्नेछ।
यसमा ६.७२ इन्च फुल एचडी प्लस आईपीएस एलसीडी डिस्प्ले रहेको छ भने मिडियाटेक हेलियो जी८८ प्रोसेसर राखिएको छ। रियलमीको सी५५ फोन एन्ड्रोइड १३ अपरेटिङ सिस्टम आधारित रियलमी यूआई कस्टम स्कीन रहेको छ।
पावरका लागि ५,००० एमएएच ब्याट्री उपलब्ध रहेको फोनमा चार्जका लागि ३३ वाटको सूपर भोक फास्ट चार्ज छ भने फोरजी, वाईफाई, ब्लुटुथ, जीपीएस आदि राखिएको छ।
प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार