Technology Khabar २५ फाल्गुन २०७९, बिहीबार
काठमाडौं ।
आईफोन १५ सिरिजका लागि कथित ग्लास प्यानलहरूलाई नजिकबाट नियालेको एक दिनपछि, एप्पलले फेरि आफ्नो हाई रिफ्रेस रेट र अलवेज–अन डिस्प्ले (एओडी) क्षमताहरूलाई आगामी प्रो मोडेलको आईफोनहरुमा सीमित गर्ने एउटा नयाँ रिपोर्टमा उल्लेख गरिएको बताइएको छ।
टिप्स्टर -(yeux) युक्स११२२ ले नाभरमार्फत एप्पलले आईफोन १५ सिरिजको लागि ठूलो उत्पादनमा प्रवेश गर्ने तयारी गरिरहेको दाबी गर्दै आईफोनको आगामी डिभाइसको उत्पादन तालिकाको बारेमा केही प्रकाश पारेका थिए।
साथै एलटीपीओ १२० हर्ज रिफ्रेस स्क्रिनहरू आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स गरी दुई प्रो मोडलहरूमा नै सीमित हुने लीकस्टरले दावी गरेको बताइएको छ। एप्पलले गत वर्षको आईफोन १४ प्रो र १४ प्रो म्याक्सका साथै तिनीहरूका पूर्ववर्तीहरू रहेका २०२१ को आईफोन १३ प्रो जेनरेशनमा पनि समान तरिका प्रयोग गरेकाले यो कदम भने अचम्मलाग्दो नभएको जीएसएमएरीनामा उल्लेख गरिएको छ।
प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार