मेसेन्जर फेसबुक मोबाइल एपमा ९ वर्षपछि पुनः फर्किँदै

  • Technology Khabar | २५ फाल्गुन २०७९, बिहीबार
मेसेन्जर फेसबुक मोबाइल एपमा ९ वर्षपछि पुनः फर्किँदै

काठमाडौं ।

मेटाले फेसबुक मोबाइल एपबाट मेसेन्जरलाई हटाएको लामो समय भइसकेको छ। तर अब त्यसको करिब ९ वर्ष पछि मेटाले फेसबुक र मेसेन्जरलाई पुनः सँगै ल्याउन तयार भएको छ।

“हामीले मानिसहरुका लागि तिनीहरुको मेसेनजर इनबक्सलाई फेसबुक एप भित्र नै उपलब्ध हुने पहुँचको क्षमताको लागि परिक्षण गरिरहेका छौँ र हामीले यस परिक्षणलाई तपाईँहरुले छिट्टै नै विस्तार गरेको देख्न पाउनु हुनेछ”फेसबुकका प्रमुख टम एलिसनले ब्लगमा  लेखेका छन्, “अन्ततः, हामी मानिसहरुका लागि कनेक्ट र सेयर गर्न सजिलो र सुविधाजनक होस् भन्ने चाहन्छौँ, चाहे त्यो मेसेन्जर एपमा होस् वा फेसबुक भित्र सिधै प्रतक्ष रुपमा होस्।”

सन् २०१४ मा मेटाले मेसेन्जरलाई फेसबुकबाट हटाउने क्रममा “हाम्रो लक्ष्य भनेको मेसेन्जरलाई सम्भव भएसम्म सबैभन्दा उत्कृष्ट मोबाइल मेसेजिङ एक्सपिरियन्स बनाउनको लागि यसको विकाशको प्रयासहरुमा केन्द्रित भएर भिन्न फेसबुक मोबाईल मेसेजिङ एक्सपिरियन्सको भ्रमबाट टाढा हुनु हो” भनी बताएको थियो।

यद्यपी मेटासँग मेसेजिङलाई पुनः फेसबुकको मोबाइल ब्राउजर भर्सनमा फिर्ता ल्याउने अन्य योजना भए–नभएको स्पष्टता नभएको उल्लेख छ। कम्पनीले मोबाईल वेब प्रयोगकर्ताहरुलाई सन् २०१६ देखि मेसेन्जर एपतर्फ धकेल्न शुरु गरेको थियो। कुनै अवस्थामा तपाईँको मोबाइल फोनमा जगल गर्नको निम्ति एउटा एप कम हुनु भनेको खासै नराम्रो कुरो होइन।

मेटाले २०२३ को लागि भनेर फेसबुकको फोकस क्षेत्रहरूको बारेमा एक विचित्र ढङ्गले फ्रेम गरिएको ब्लग पोस्ट मार्फत घोषणा गरेको बताइएको छ। उक्त पोस्टले मानिसहरूलाई “फेसबुक इज नट डेड नर डाईङ्ग” भनेर आश्वस्त पार्न खोजेको उल्लेख गरिएको छ।

फेसबुकको अहिले २ अर्ब भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्।

टिकटकसँग थप प्रतिस्पर्धी बन्ने प्रयासमा मेटाले फेसबुकलाई आफ्नो साथीहरू र परिवारसँग मनोरञ्जन र डिस्कभरी प्लेटफर्ममा रहन एउटा एपबाट सिफ्ट गर्न प्रयास गरिरहेको छ। साथै यसले फेसबुकलाई सोसल डिस्कभरी र सेयरिङको लागि उत्तम स्थान बनाउनको लागि कोशिस गर्दै गरेको एलिसनले ब्लग पोस्टमा लेखेका छन्।

मेटाले फेसबुक एपमा मेसेजिङलार्य फिर्ता ल्याउनुको मुख्य कारण भनेको अर्को एपमा स्विच नगरिकन मानिसहरूलाई उनीहरूले फेसबुकमा भेटेका कुराहरू मेसेजिङ मार्फत उनीहरूका आवश्यकताहरू अनुरूप सेयर गर्न सजिलो होस् भन्ने नै हो।

टिकटकले प्रयोगकर्ताहरूलाई बिल्ट–इन डाइरेक्ट मेसेजिङ (प्रत्यक्ष सन्देश) मार्फत आफ्ना साथीहरूसँग उनिहरुले भेटेका भिडियोहरू सेयर गर्न दिने गरेको छ।

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २५ फाल्गुन २०७९, बिहीबार