सीपीयू कोरको इन–हाउस विकास नगरिएको सामसङको भनाई

  • Technology Khabar | २५ फाल्गुन २०७९, बिहीबार
सीपीयू कोरको इन–हाउस विकास नगरिएको सामसङको भनाई

काठमाडौं ।

हिजो दक्षिण कोरियाको एक रिपोर्टले सामसङले आफ्नै हाइ–इण्डको सीपीयू कोर विकास इकाई पुनः शुरु गरिरहेको र २०२७ सम्ममा कस्टम प्रोसेसर कोर हुने भनी दावी गरेको थियो। यद्यपि, कम्पनीका प्रतिनिधिहरूले त्यो रिपोर्टलाई खण्डन गरेका छन्।

सामसङले सीपीयू कोर विकासमा समर्पित आन्तरिक टोली स्थापना गरेको भन्ने भर्खरको मिडिया रिपोर्टमा सत्यता नभएको बताएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ। समाचार विपरित, सामसङले लामो समयदेखि सीपीयू विकास र अप्टिमाइजेसनको लागि जिम्मेवार धेरै आन्तरिक टोलीहरू रहेको र सान्दर्भिक क्षेत्रहरूबाट निरन्तर विश्वव्यापी प्रतिभाहरू भर्ती गरेको उल्लेख गरेको छ।

साथै सामसङ प्रतिनिधिहरूको भनाईले सामसङले भविष्यका स्मार्टफोनहरूमा आफ्नो स्टक सीपीयू कोरहरू प्रयोग गर्नको लागि आर्मसँग काम गरिरहने संकेत गरेको बताइएको छ। त्यसैगरी बेलायती सेमिकन्डक्टर कम्पनीले हालै मात्र निर्माताहरूलाई कोर डिजाइनहरूमा परिवर्तन गर्न अस्वीकार गरेको छ।

उक्त सीमा (लिमिटेसन) इन–हाउस एक्सिनोस, क्वालकमको स्न्यापड्रागन वा डाइमेन्सिटी र मिडियाटेकको हेलियो गरि सामसङले आफ्नो ग्यालेक्सी स्मार्टफोनहरूमा प्रयोग गर्ने सबै चिपहरूमा लागू हुने उल्लेख गरिएको छ।

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार