Technology Khabar २४ फाल्गुन २०७९, बुधबार
काठमाडौं ।
काठमाण्डौ उपत्यकाभित्र कुनै पनि ट्राफिक नियम ऊल्लङ्घन भएमा नेपाल प्रहरीको मोबाइल एपमार्फत अब रिपोर्ट गर्न सकिने भएको छ।
सर्वसाधारणले नेपाल प्रहरीको मोबाइल एपमार्फत काठमाण्डौ उपत्यकामा हुने कुनै पनि ट्राफिक नियम उल्लङ्घनका घटनाहरुका बारेमा रिपोर्ट गर्न सक्ने भएका हुन्।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नेपाल प्रहरी मोबाइल एपमार्फत उजुरी गर्न सकिने बताएको हो।
उक्त घटनाहरू काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको ट्राफिक कन्ट्रोल रुमबाट नियमित निगरानी हुने र रिपोर्टहरूको आधारमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही हुने जानकारी गराएको छ।
रिपोर्ट गर्नका लागि नेपाल प्रहरी मोबाइल एपमा रिपोर्ट इन्सिडेन्ट भित्र रहेको ट्राफिक भ्वाइसेसन्स (Traffic Violations) मा गई नियम उल्लङ्घनको प्रमाण र अन्य विवरण सहित पठाउन सकिने व्यवस्था मिलाएको जनाएको छ।
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार