
काठमाडौं ।
बाजुराको धुरालसैन माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन शुरु भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्मार्ट बोर्ड जडान गरिदिएपछि मङ्गलवारदेखि विद्यार्थीलाई स्मार्ट बोर्डमा पढाउन थालिएको छ।
धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाकाअनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाअन्तर्गत विद्यालयमा स्मार्ट बोर्डमार्फत पठन पाठन थालिएको हो।
यो प्रविधिबाट पढाइ गर्दा विद्यार्थीको सिकाइ अभिवृद्धि हुने अपेक्षा विद्यालयको छ।
धुरालसैन माविका कक्षा ८ मा अध्यनरत छात्र जीवन शाहीले डिजिटल बोर्डबाट गरिएको अध्यापनले सिकाइमा सहयोग पुगेको बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट खटिएका प्रशिक्षकले डिजिटल बोर्डबाट कसरी विद्यार्थीलाई पढाउन सकिन्छ भनेर धुरालसैन माविका शिक्षक १५ दिने तालिम दिएका थिए। गोरखापत्रबाट
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार