सामाजिक सञ्जालमा ट्रोल भएपछि भारतमा स्विगीले हटायो अण्डाको विज्ञापन

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
सामाजिक सञ्जालमा ट्रोल भएपछि भारतमा स्विगीले हटायो अण्डाको विज्ञापन

काठमाडौं ।

सामाजिक सञ्जालमा विरोध सामना गरेपछि भारतीय अनलाइन फूड डेलिभरी एप स्विगीले अण्डा भएको विज्ञापन हटाएको छ। कम्पनीले होलीको अवसरमा अमलेटसहितको होलीको विज्ञापन राखेको थियो।

विज्ञापन राखिए लगत्तै विरोध शुरु भएको थियो र धेरैले “हिन्दुफोबिक स्विगी“ ह्यासट्यागको साथ ट्वीट पनि गरेको भारतीय समाचार साइट अमरउजालाले उल्लेख गरेको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उपभोक्तासँग अनलाइन फूड डेलिभरी सेवा प्रदायकको सेवा बहिष्कार गर्न पनि आग्रह गरेका थिए।

यस घटनाको सम्बन्धमा स्विगीको तर्फबाट आधिकारिक धारणा आएको छैन। तर पीटीआईका अनुसार ‘ बिलबोर्ड विज्ञापनहरू दिल्ली–एनसीआरमा मात्र थिए र अब हटाइएका छन्।’

स्विगीले अमलेट बिलबोर्ड विज्ञापनको सम्बन्धमा धेरै मानिसहरूको ट्रोलको सामना पनि गरिरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...